काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम ४ अर्ब १२ करोडबराबर थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीले २ अर्ब ९३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ३ अर्ब ७९ करोड रहेको कुल खर्च बढेर ४ अर्ब ४६ करोड पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार २२ करोड ९८ लाख र रिटेन्ड अर्निङ ४२ करोड ५६ लाख रुपैयाँबराबर रहेको छ । अघिल्लो आवमा भने रिटेन्ड अर्निङ १ अर्ब १५ करोड रहेको थियो ।
यस्तै कम्पनीले १ लाख ४८ हजार ५४१ वटा कुल बीमा पोलिसी जारी गरेको छ ।
कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९४.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा कायम भएको छ ।