काठमाण्डौ । क्लोजअपले भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोशेष पाण्डेलेलाई १ लाख रुपैयाँ नगद प्रदान गरेको छ । भ्वाइस अफ नेपालको सिजन ६ मा क्लोज अप प्रायोजकको रुपमा रहेको थियो ।
उक्त पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।
क्लोज अपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको जनाएको छ । ‘भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,’ क्लोजअपका प्रतिनिधिले बताए ।