बुधबार, बैशाख ९,२०८३ 12:36:12
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 12:36:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताको ‘लो’नजिक, बोनस र हकप्रदले झनै घटायो

Bizshala
अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताको ‘लो’नजिक, बोनस र हकप्रदले झनै घटायो
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारले गति लिन सकिरहेको छैन । नेप्से परिसूचक २६ सयकै आसपासमा रुमलिएको छ । बजार ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै ५२ हप्ताकै लो लेभलमा पुग्न लागेको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरमूल्य बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि घटेको देखिएको हो ।  

तर सबै बीमा कम्पनीको अवस्था त्यस्तो देखिएको छैन । बोनस सेयर वा हकप्रद जारी नगरेका केही बीमा कम्पनीको मूल्य पनि ह्वात्तै घटेका छन् ।  

नेप्सेका अनुसार १३ बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो विन्दु आसपास पुगेको छ । जसमा पाँच जीवन बीमा कम्पनी छन् भने ८ निर्जीनव बीमा कम्पनी छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

१३ बीमकमध्ये ८ कम्पनीको मात्रै बोनस सेयर र हकप्रदबाट मूल्य समायोजन भएको थियो भने बाँकी पाँच कम्पनीको भने यी कारणबाट मूल्य समायोजन नै नभई घटेको देखिएको छ । जसमा हिमालयन एभरेष्ट, आइएमई लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् ।  

५२ हप्ताकै लो प्राइस आसपासमा पुग्ने कम्पनीहरुमा भने एलआइसी नेपाल, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफ रहेका छन् । यी कम्पनीहरुको सेयरभाउ करिब एक प्रतिशतले घटेमा ५२ हप्ताकै लो प्राइसमा पुग्ने निश्चित छ ।

पछिल्लो समय सेयरबजारमा सूचीकृत कम्पनीहरुको बोनस सेयर र हकप्रद सेयरमा लगानीकर्ता आकर्षित देखिँदैनन् । लगानीकर्ता आकर्षित नहुँदा बीमा कम्पनीहरुले बोनस सेयर र हकप्रद जारी गरेपनि उल्टै सेयरभाउ घट्न पुगेको छ ।  

नेपाल बीमा प्राधिकरणको बीमा कम्पनीको चुक्तापूँजी बृद्धि नीतिका कारण केही बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए भने केहीले हकप्रद सेयर जारी गरेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

बीमा कम्पनीहरुले तोकेको पूँजी जुटाउनकै लागि भएपनि हकप्रद र  बोनस सेयर जारी गरेका छन् । तर यस्तो अवस्थामा बीमा कम्पनीको पूँजी बृद्धि हुने तर त्यस अनुपातमै व्यवसाय नबढ्दा बीमकहरुको लाभांशदर घट्ने सम्भावना बढ्दछ ।  

तर सूचीकृत कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुको वित्तीय अवस्था सन्तोषजनक नै देखिन्छ । वित्तीय सूचकहरुको आधारमा हेर्दा बीमा कम्पनीहरुको सेयरभाउ निकै कम देखिएको छ ।  

विशेषगरी अहिले बजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीमा आकर्षित देखिएकाले पनि बीमा कम्पनीहरु छायाँमा परेका हुन् । सूचीकृत अन्य कम्पनीको तुलनामा बीमा कम्पनीहरुको पूँजी मध्यम वर्गमा देखिन्छ । यसरी लगानीकर्ताहरु लो क्यापतर्फ मात्रै आकर्षित हुँदा बीमा कम्पनीहरुको सेयरभाउ अझै घट्न सक्ने संकेत देखिन्छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.