सोमबार, आश्विन २६,२०८३ 05:57:02
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 05:57:02
Bizshala
Global IME Bank Limited

हाफ हेभनको अफर: भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी इभी उपहार

Bizshala
हाफ हेभनको अफर: भक्तपुरको कोलोनीमा घडेरी बुक गर्ने ५ जनालाई मिनी इभी उपहार
New Office

काठमाण्डौ । हाफ हेभन कोलोनीले भक्तपुरमा घर वा जग्गा बुक गर्नेहरूलाई मिनी ईभी उपहारको योजना घोषणा गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा कोलोनीमा घडेरी वा घर खरिद गर्ने पहिलो ५ जनालाई मिनी ईभी उपहार दिने भएको हो ।  

द पारामारियो ग्रुप अफ कम्पनी र खड्का एड्भेन्चरको सहकार्यमा भक्तपुरको छालिङमा १५६ रोपनी जग्गामा ३७२ वटा घर घडेरीसहितको परियोजना सञ्चालन गरेको छ । सो मध्ये ४६ रोपनी जग्गा बाटो, खुला क्षेत्र र पार्कका लागि छुट्ट्याइएको छ । कम्पनीले सप्तान्त अफरअन्तर्गत जग्गा बैना गर्ने पहिलो ५ जनालाई एमएडब्लू वृद्धि मोटर्स प्रालिले आयात गरेको इभी गाडी घडेरी बैना गरेकै दिन दिने जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यो योजना बैशाख मसान्तसम्मको लागि लागू हुने र सो पश्चात अफरलाई निरन्तरता दिने नदिने अर्को निर्णय हुने बताइएको छ ।

काठमाण्डौ उपत्यकाका सबै मुख्य सहरबाट बढीमा आधा घन्टाको यात्रामा पुगिने शान्त वातावरण र मनोरम दृश्यसहितको कोलोनीले काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट स्वीकृति प्राप्त गरेको कम्पनीले जनाएको छ । कोलोनीमा घर–घडेरी बुझ्न जाने भिजिटरहरूमध्येबाट १ जनालाई गोलाप्रथा मार्फत् एउटा घडेरी उपहार दिने कम्पनीले जनाएको छ ।

कोलोनीमा २० देखि २६ फुटको कालोपत्रे बाटो, हेलिप्याड, स्विमिङ पुल, ढल, बिजुली, खानेपानी, रिसोर्ट, मार्टलगायत सुविधा उपलब्ध हुने जनाइएको छ । हाल यहाँ जमिन तयार गर्नेसहित आवश्यक तयारी भइरहेको र आगामी भदौ महिनाबाट घर निर्माण सुरु हुने कम्पनीले जनाएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले जग्गा खरिदमा १५ वर्षका लागि ९ प्रतिशत ब्याजदरमा ६० प्रतिशतसम्म फाइनान्स सुविधा रहेको जनाएको छ । कम्तीमा ३ आना २ पैसाभन्दा माथिका टुक्रा उपलब्ध रहेको कोलोनीमा हरेक घडेरी खरिदकर्तालाई यामाहाको स्कुटर उपहार दिने पनि कम्पनीले जनाएको छ । चलनचल्तीको मूल्यमा सेवाग्राहीले घडेरी किन्न सक्ने कम्पनीले जनाएको छ । मैतीदेवीस्थित सस्तो घर जग्गा खरिद बिक्रीको कार्यालयमा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.