आईतवार, बैशाख ६,२०८३ 08:12:12
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:12:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारी अधिकारीहरुलाई मोदिले भने, ‘यो त सुरुवात मात्रै हो, लामो समयका लागि तयार रहनुस्’

Bizshala
सरकारी अधिकारीहरुलाई मोदिले भने, ‘यो त सुरुवात मात्रै हो, लामो समयका लागि तयार रहनुस्’
Shivam Cement

काठमाण्डौ । अपरेशन सिन्दूर पछि बढ्दो तनावका बीच भारतीय प्रधानमन्त्री मोदीले बिहीबार सरकारी विभागहरूलाई आवश्यक वस्तुहरूको पर्याप्त स्टक सुनिश्चित गर्न, सञ्चारमा अवरोध रोक्न, आतंकबाट बच्न र आकस्मिक परिस्थितिहरूको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।

सरकारी विभागहरूसँगको बैठकमा प्रधानमन्त्री मोदीले दिर्घकालिन तयारी गर्नुपर्ने सन्देश दिएको भारतीय मिडियाले लेखेका छन्। प्रधानमन्त्रीले विभागहरूलाई अत्यावश्यक वस्तुको मूल्यमा कडा निगरानी राख्न र कुनै पनि ‘फेक न्यूज’लाई अस्वीकार गर्न र किनबेचमा आतंकित हुन निर्देशन दिएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले पाकिस्तानविरुद्धको हमला सुरुवात मात्रै भएको बताए। भारतले पाकिस्तान र पीओकेमा आतंकवादी शिविरहरूमा सटीक हमला गरेपछि मन्त्रिपरिषद् बैठक भएको थियो।

करिब २० सचिवको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अत्यावश्यक प्रतिष्ठान र पूर्वाधारको संरक्षणलगायत उनका निर्देशनहरू कार्यान्वयन गर्न पहल गर्न स्वतन्त्र रहेको बताए ।

CG Motors
Garima Development Bank
IME remit

पीएमओद्वारा जारी आधिकारिक विज्ञप्तिमा प्रधानमन्त्री मोदीले परिचालन निरन्तरता र संस्थागत लचिलोपन कायम राख्न मन्त्रालय र एजेन्सीहरूबीच निर्बाध समन्वयको आवश्यकतामा जोड दिएको जनाइएको छ। अत्यावश्यक प्रणालीको काममा कुनै बाधा नआउने र साइबर आक्रमणबाट जोगाउन सचिवहरूलाई आ–आफ्नो मन्त्रालय र विभागको कार्य सञ्चालनको व्यापक समीक्षा गर्न निर्देशन समेत दिइएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.