सोमबार, असार २,२०८२ 03:11:59
  • सोमबार, असार २,२०८२ 03:11:59
Global IME Bank Limited

अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम

Hyundai Nepal
अनन्त अम्बानीको विवाह समारोहका कारण जामनगरको विमानस्थलमा ट्राफिक जाम
Nabil Bank Limited

काठमाण्डौ । मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेइडिङ विवाह समारोह सकिएको छ । विश्वभरको ध्यान तान्न सफल यो विवाह समारोहका अनेक रोचक प्रसंगहरु बाहिरिरहेका छन् ।  

यस्तै एउटा प्रसंग बाहिरिएको छ । यो विवाह समारोह भारतको गुजरात राज्यको जामनगरमा आयोजना भएको थियो । विवाह समारोहमा सहभागी हुन आएका अधिकांश पाहुना विमानबाट आएका थिए । जसका कारण त्यहाँको स्थानीय विमानस्थललाई अल्पकालका लागि अन्तराष्ट्रिय विमानस्थलको मान्यता दिइएको छ । उक्त समारोहमा मार्क जुकरबर्ग, बिल गेट्स, रिहाना,बियोन्से लगायत भारत र विदेशका प्रभावशाली व्यक्तिहरु सहभागी हुन पुगेका थिए ।  

विमानस्थलकका अधिकारीहरुले उक्त समारोहका लागि १३० वटा विमान अवतरण भएको र विमानस्थलमा अत्यधिक चाप परेको बताएका छन् । समारोहमा आएका अधिकांश पाहुनाहरुलाई नजिकैको सुविधासम्पन्न टेन्टमा बस्ने व्यवस्था गरिएको थियो । जहाँ पाहुनाहरुले ५०० भन्दा बढी खानाका परिकारहरुबाट खाना छनौट गर्नसक्थे । खाना बनाउन विश्वभरका सेफहरु खटिएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै पाहुनाका लागि हेयर र मेकअप आटिस्ट र फेसन डिजाइनरहरुको समेत व्यवस्था गरिएको थियो । समारोहको थिम ग्यादरिङका लागि ९ पाना लामो सेड्युल समेत तयार पारिएको थियो ।  

समारोहमा अमेरिकी पप गायिका रिहानले भारतमा पहिलोपटक आफ्नो प्रस्तुती दिएकी थिइन् । उनले यसका लागि ७० लाख डलर लिएको बताइएको छ ।  

पाहुनाहरुलाई  

पाहुनाहरुलाई अनन्त अम्बानीको  हजार एकड क्षेत्रफलमा फैलिएको अनन्त अम्बानीको घर पालुवा जनावरहरुको ‘पेट प्रोजेक्ट’को अवलोकन गराइएको थियो । जहाँ हजारौं जनावरहरु राखिएको छ ।  

प्रि–वेईडिङ समारोह सकिएसँगे अब सबैको नजर आगामी जुलाई महिनामा मुम्बईमा आयोजना हुने मुख्य विवाह समारोहमा हुनेछ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.