बिहीबार, भाद्र ४,२०८३ 08:45:48
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 08:45:48
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाएको छ ।
 

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले सूचीकत कम्पनीको धितोपत्रमा लगानीको दायरा बढाएको हो । 

Bizshala
CG Motors

कम्पनीले २० वटा कम्पनी तथा १८ वटा म्युचुअल फण्डहरुमा लगानी गरेको छ । गत वर्षमा मात्रै कम्पनीले सूचीकृत कम्पनीको सेयरमा २४ करोड ३१ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

जुन यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २८७ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले यस्ता कम्पनीहरुमा ६ करोड २८ लाख १६ हजार रुपैयाँ मात्रै लगानी गरेको थियो । 
कम्पनीको बैंकहरुमा मात्रै ९ करोड ४९ लाख ८८ हजार रुपैयाँ लगानी (फेयर भ्यालु) छ । यो अघिल्लो वर्षको तुलनामा ३९९ प्रतिशत नै बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले बैंकहरुको सेयरमा १ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । 
 

कम्पनीले वाणिज्य बैंकहरुको सेयरमा लगानी घटाए पनि गतवर्ष कुमारी बैंकको प्रोमोटर सेयरमा थप ५ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । यसकारण गत वर्ष बैंकहरुको सेयरमा लगानी बढेको देखिएको हो ।

कम्पनीको बैंकहरुको सेयरमा लगानी भने घटेको छ । यसका साथै कम्पनीले वित्तीय संस्था, हाइड्रोपावर कम्पनी र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा समेत लगानी बढाएको छ ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्ता कम्पनीहरुमा ४७४ प्रतिशत लगानी बढाएको छ । कम्पनीले उक्त अवधिमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सेयरतर्फ ५९ लाख १७ हजार रुपैयाँ र संस्थापकतर्फ १ करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी थपेको छ । 

कम्पनीले वित्तीय संस्था तथा हाइड्रोपावर कम्पनीमा गतवर्ष कुल ३ करोड ४ लाख १५ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष यस्ता कम्पनीहरुमा कम्पनीले ५२ लाख ५३ हजार रुपैयाँ लगानी गरेको थियो । 
त्यस्तै, कम्पनीले गत वर्ष १८ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । अघिल्लो वर्ष नौ म्युचुअल फण्डमा मात्रै लगानी गरेको कम्पनीले थप नौ वटा फण्डमा लगानी बढाएको हो । 
 

गत वर्ष १८ वटा फण्डमा कम्पनीले ११ करोड ७६ लाख७५ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ३८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नौ वटा फण्डमा कम्पनीले २ करोड ४३ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो । 
 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाइदिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतसम्म सूचीकृत सेयरमा लगानी गर्न पाउने वातावरण सृजना गरिदिएको छ । 
 

प्राधिकरणले थप सहिजीकरण गरेकाले आगामी दिनमा सूचीकृत सेयरमा लगानी बढाउने योजना रहेको कम्पनी स्रोतले बीजशाला डटकमलाई बताएको छ ।

सञ्चालक समितिको बैठकपछि कुन फण्डमा कति लगानी गर्ने र कस्ता खालका कम्पनीमा लगानी गर्ने निर्णय हुने कम्पनीका एक सञ्चालकले बताए ।
 

कम्पनीले यसअघि बैंक वित्तीय संस्था र म्युचुअल फण्डहरुमा बढी लगानी गरेको देखिन्छ ।

सेयरबजार विश्लेषण गरी जोखिम कम र प्रतिफल पाउने खालका कम्पनीमा लगानी गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.