सोमबार, जेष्ठ ५,२०८२ 11:24:07
IME remit
  • सोमबार, जेष्ठ ५,२०८२ 11:24:07
IME remit
Global IME Bank Limited

कर्मचारीलाई बोनस र भत्ता बाँड्न बीमा कम्पनीले छुट्याए रु.८.२४ अर्ब, निर्जीवनतर्फ अधिकांशको घट्यो

Hyundai Nepal
कर्मचारीलाई बोनस र भत्ता बाँड्न बीमा कम्पनीले छुट्याए रु.८.२४ अर्ब, निर्जीवनतर्फ अधिकांशको घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस वा भत्ता बाँड्न ८ अर्ब रुपैयाँ भन्दा बढी छुट्याएका छन् । चालु आवको तेस्रो त्रैमाससम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई बोनस, भत्ता वा अन्य सुविधा प्रदान गर्नका लागि ८ अर्ब २४ करोड ७८ लाख रुपैयाँ छुट्टाएका छन् ।  

तर यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ०.४६ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले कर्मचारीलाई सुविधा प्रदान गर्न ८ अर्ब २८ करोड ६० लाख रुपैयाँ छुट्याएका थिए ।  

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले मात्रै ४ अर्ब ६४ करोड रुपैयाँ छुट्याएका छन्, भने निर्जीवन बीमकहरुले ३ अर्ब ६० करोड रुपैयाा छुट्याएका छन् । गत आवको तुलनामा जीवन बीमकहरुको यस्तो रकम ४.८६ प्रतिशत बृद्धि भएको छ भने निर्जीवन बीमकहरुको भने ६.५८ प्रतिशतले घटेको छ ।  

बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई सुविधा प्रदान गर्न वित्तीय विवरणमा ‘कर्मचारी लाभ खर्च’ शीर्षकमार्फत रकम छुट्याएका हुन्छन् ।  

निर्जीवन बीमकहरुको नाफा घट्दा कर्मचारीको सुविधा रकम घट्यो  

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित देखिएसँगै कर्मचारीलाई बाँड्ने बोनस वा भत्ता जस्तो रकम पनि घट्न पुगेको छ ।  

तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुको ५४ प्रतिशतले घटेको छ । मुनाफामा संकुचन आउँदा कम्पनीहरुले कर्मचारी सेवा सुविधाका लागि छुट्याउने रकम समेत ६.५८ प्रतिशतले घटेको छ ।  

सो अवधिसम्म निर्जीवन बीमकहरुले ३ अर्ब ६० करोड रुपैयाँ कर्मचारी सुविधाका लागि रकम छुट्याएको छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनीहरुले ३ अर्ब ८५ करोड रुपैयाँ छुट्याएका थिए ।  

सो अवधिसम्म सबैभन्दा बढी सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले ४२ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ । यो रकम गत आवको तुलनामा ७।६६ प्रतिशत कम हो ।  

त्यस्तै, सगरमाथा लुम्बिनीले ४० करोड ३२ लाख, शिखरले ३९ करोड १८ लाख, आइजीआई प्रुडेन्सियलले ३२ करोड ८१ लाख, हिमालयन एभरेष्टले ३० करोड ३१ लाख, नेकोले ३० करोड ३१ लाख, युनाइटेड अजोडले २८ करोड ३ लाख, सानिमा जिआइसीले २६ करोड १३ लाख, एनएलजीले २२ करोड २६ लाख, नेपाल इन्स्योरेन्सले १९ करोड ६२ लाख, राष्ट्रिय बीमा कम्पनीले १७ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले १६ करोड ३ लाख, दि ओरियन्टलले ९ करोड ६३ लाख र नेशनल इन्स्योरेन्सले ४ करोड ९९ लाख रुपैयाँ छुट्याएका छन् ।  

गत आवको तुलनामा चार निर्जीवन बीमकले मात्रै यस्तो रकम बढाएका छन् । एनएलजीले १३.४६ प्रतिशत, शिखरले ६.२५ प्रतिशत, सानिमा जिआइसीले ३२० प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले १.३७ प्रतिशतले बढाएको छ । अन्य १० कम्पनीको भने यस्तो रकम घटेको छ । सबैभन्दा बढी दि ओरियन्टलको ४०.८२ प्रतिशतले घटेको छ ।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

कर्मचारी लाभ खर्च शीर्षकले कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम भन्ने बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक, बोनस तथा भत्ता प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्तो शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् ।

जीवन बीमकहरुले छुट्याए रु.४.६४ अर्ब  

चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले मात्रै कर्मचारीलाई सेवा सुविधा प्रदान गर्न ४ अर्ब ६४ करोड रुपैयाँ छुट्याएका छन् ।  

यो रकम गत आवको तुलनामा ४.८६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४ अर्ब ४३ करोड रुपैयाँ यस्तो शीर्षकमा छुट्याएका थिए ।  

सो अवधिसम्म सबैभन्दा बढी हिमालयन लाइफले ६८ करोड २३ लाख रुपैयाँ कर्मचारीलाई बोनस वा भत्ता बाँड्न छुट्याएको छ । यो रकम गत आवको तुलनामा ५.९४ प्रतिशत बढी हो ।  

त्यस्तै, नेपाल लाइफले ५७ करोड २८ लाख, सूर्यज्योति लाइफले ४८ करोडढ ११ लाख, नेशनल लाइफले ३७ करोड २२ लाख, सानिमा रिलायन्स लाइफले ३४ करोड २२ लाख, प्रभु महालक्ष्मी लाइफले २८ करोड ६८ लाख, एलआइसी नेपालले २८ करोड १६ लाख, आइएमई लाइफले २७ करोड ७५ लाख, सन नेपाल लाइफले २६ करोड ४९ लाख, मेट लाइफले २६ करोड ४६ लाख, सिटिजन लाइफले २६ करोड २ लाख, रिलाबयल नेपाल लाइफले २४ करोड ८६ लाख, एशियन लाइफले २४ करोड १४ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ७ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ ।  

गत आवको तुलनामा तीन जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले यस्तो रकम बढाएको छ । सबैभन्दा बढी बढाउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले २८८२.९० प्रतिशतले बढाएको छ ।  

गत आवको तुलनामा यस्तो रकम घट्नेमा भने नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफ रहेको छ ।  

Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.