सोमबार, आश्विन २६,२०८३ 04:59:56
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:59:56
Bizshala
Global IME Bank Limited

‘केज पार्टनर्स मिट २०२५’ सम्पन्न

Bizshala
‘केज पार्टनर्स मिट २०२५’ सम्पन्न
New Office

काठमाण्डौ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्याति प्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले ‘केज पार्टनर्स मिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ ।  

गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना वारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए ।  

सो अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशकदेखिको यात्राको बारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनियता र देशब्यापी वितरण क्षमताको वारेमा जानकारी प्रदान गरेका थिए । सहभागीबीचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका वारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थिया । जसले महत्वपूर्ण जानकारीका साथ सो दिनलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको कम्पनीको भनाई छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको वारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना वारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरण मार्फत जानकारी प्रदान गरेका थिए । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभाव बारेमा तथ्यांकिय प्रस्तुतिकरण गरिएको थियो ।  

कार्यक्रम समापनको अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नवीनता, विश्वास र सहकार्यसहित नेतृत्व गर्ने सत्यदिपको भिजनलाई पुनःपुष्टि गरे ।  

नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको कम्पनीको दाबी छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सत्यदिप इन्टरनेसनल प्रा.लि. सन् २००२ मा स्थापना भएको हो । जसले नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको क्षेत्रमा विश्वासिलो वितरकको पहिचान कायम गरेको कम्पनीले जनाएको छ । सत्यदिप इन्टरनेसलन रिटेल नेटवर्कले नेपाली बजारमा बोस, भालेओ, जेडएफ र केज लगायतका विभिन्न ब्रान्डसँगको सहकार्यमा कार्य गरिरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.