काठमाण्डौ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्याति प्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले ‘केज पार्टनर्स मिट २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना वारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए ।
सो अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशकदेखिको यात्राको बारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनियता र देशब्यापी वितरण क्षमताको वारेमा जानकारी प्रदान गरेका थिए । सहभागीबीचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका वारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थिया । जसले महत्वपूर्ण जानकारीका साथ सो दिनलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको कम्पनीको भनाई छ ।
सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको वारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना वारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरण मार्फत जानकारी प्रदान गरेका थिए । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभाव बारेमा तथ्यांकिय प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रम समापनको अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नवीनता, विश्वास र सहकार्यसहित नेतृत्व गर्ने सत्यदिपको भिजनलाई पुनःपुष्टि गरे ।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको कम्पनीको दाबी छ ।
सत्यदिप इन्टरनेसनल प्रा.लि. सन् २००२ मा स्थापना भएको हो । जसले नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको क्षेत्रमा विश्वासिलो वितरकको पहिचान कायम गरेको कम्पनीले जनाएको छ । सत्यदिप इन्टरनेसलन रिटेल नेटवर्कले नेपाली बजारमा बोस, भालेओ, जेडएफ र केज लगायतका विभिन्न ब्रान्डसँगको सहकार्यमा कार्य गरिरहेको छ ।