सोमबार, फाल्गुन ४,२०८२ 08:13:30
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:13:30
Bizshala
Global IME Bank Limited

युनाइटेड सिमेन्ट्सद्वारा निःशुल्क आधारभूत र एडभान्स सिलाई–कटाई प्रशिक्षण प्रदान

युनाइटेड सिमेन्ट्सद्वारा निःशुल्क आधारभूत र एडभान्स सिलाई–कटाई प्रशिक्षण प्रदान
Shivam Cement

काठमाण्डौ । धुनिवेशी नपा–९ जुगेडीमा रहेको के एल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धुनिवेशी नगरपालिका–९ को सहकार्यमा ४२ जना स्थानिय महिलाहरूका लागि निःशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु रहेको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सोहि अवसरमा धुनिवेशी नगरपालिका–९ का वडा अध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्सलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधारभूत र दुई महिने एडभान्स तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सो कार्यक्रम धुनिबेशी नपाका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.