आईतवार, आश्विन २५,२०८३ 03:01:02
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:01:02
Bizshala
Global IME Bank Limited

केटीएमको इलेक्ट्रिक बाइक चाँडैनै लन्च हुने, यस्ता छन् फिचर्स

Bizshala
केटीएमको इलेक्ट्रिक बाइक चाँडैनै लन्च हुने, यस्ता छन् फिचर्स
New Office

काठमाण्डौ । विश्वभरका दुई पाङ्ग्रे कम्पनीहरू बिस्तारै ईभी सेग्मेन्टमा प्रवेश गर्दै छन् र इलेक्ट्रिक स्कुटरहरू पनि लन्च गर्दैछन्। अब भने सबैको नजर विद्युतीय मोटरसाइकलमा छ । पछिल्ला केही वर्षहरूमा केटीएमले विद्युतीय मोटरसाइकलहरू ल्याउने खबर निकै आएको थियो । अब यस सम्बन्धमा एउटा ठूलो जानकारी बाहिर आएको छ ।  

केटीएमको पहिलो इलेक्ट्रिक बाइक अस्ट्रियामा देखिएको छ । जुन ड्युकमा आधारित हुनेछ । यस्तो अवस्थामा केटीएम ई–ड्युक चाँडै लन्च हुने अनुमान गरिएको छ । पहिलो केटीएम ई–ड्युक अस्ट्रियामा केटीएमको मुख्यालयमा रहेको मोटोहल डिस्प्ले क्षेत्रमा देखा परेको छ र यसको तस्विर केटीएसँग लामो समयदेखि स्टन्ट राइडरको रुपमा रहेका रोक बागरोसले आफ्नो इन्स्टाग्राम सेयर गरेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

यसलाई ई–ड्युकको प्रोटोटाइप संस्करण भनिएको छ । यो ३९० ड्युक को चेसिस मा निर्माण हुनेछ। केटीएमको पहिलो विद्युतीय मोटरसाइकलको लुक र डिजाइनको बारेमा कुरा गर्दा, यो पक्कै पनि फ्युचरिस्टिक हुनेछ र कम्पनीको सिग्नेचर कलर विकल्पमा आउनेछ । आगामी केटीएम ई–ड्युकमा नयाँ सबफ्रेम, शार्प बडीवर्क, सुधारिएको हेडल्याम्प डिजाइन, मोटोजीपी इन्स्पायर्ड एयर स्कूप, कूल थ्रीडी प्रिटेन्ड सिटलगायत धेरै बाह्य सुविधाहरू हुनेछन् । जसले यसलाई निकै आकर्षक बनाउने जनाइएको छ ।  

केटीएम ड्यूक इलेक्ट्रिकसँग ५.५ किलोवाटको ब्याट्री प्याक हुनेछ, जसको सिंगल चार्ज रेञ्ज १०० किलोमिटरभन्दा बढी हुन सक्छ। ई–ड्युकमा १० किलोवाट पावरवाला इलेक्ट्रिक मोटर हुनसक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर, त्यसमा शक्ति र कार्यसम्पादनको स्तर कस्तो रहनेछ भन्ने सही जानकारी आगामी समयमा मात्रै पाउन सकिनेछ । यसमा फास्ट चार्जिङ, इन्टिग्रेटेड चार्जिङ केबल, चौडा ह्यान्डलबार, ४.३ इन्चको टीएफटी डिस्प्लेलगायत अन्य धेरै सुविधाहरू हुनेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.