काठमाण्डौ । सानिमा बैंकले आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुटका लागि ग्राहकहरुले महाशिवरात्रि,ग्याल्पो लोसार,होली,घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ गतेदेखि लागू हुनेछ ।
छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्रि,ग्याल्पो लोसार,होली,घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।
यसका साथै घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि आगामी वैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।
उक्त कार्डका लागि सानिमा बैंकको आधिकारीक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सक्नेछन् ।
सानिमा बैंकका सातै प्रदेशमा १३३ वटा कार्यालय, तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।