बुधबार, बैशाख ९,२०८३ 12:08:05
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 12:08:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्युचुअल फण्डहहरुले बीमा कम्पनीको सेयरमा लगानी खुम्च्याउँदै, २१.८५% ले घटाए

Bizshala
म्युचुअल फण्डहहरुले बीमा कम्पनीको सेयरमा लगानी खुम्च्याउँदै, २१.८५% ले घटाए
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको एक करोड कित्ता सेयर होल्डमा रहेको छ । वैशाख महिनासम्मको तथ्याङ्कअनुसार म्युचुअल फण्डहरुको पोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल एक करोड ७ लाख ३०७ कित्ता सेयर होल्डमा रहेको देखिएको हो ।  

जसमा जीवन बीमा कम्पनीहरुको मात्रै ५७ लाख ५३ हजार ७५५ कित्ता र निर्जीवन बीमा कम्पनीहरको ४९ लाख ४६ हजार ५५२ कित्ता सेयर रहेको छ ।

गत आवको वैशाख मसान्तसम्म भने म्युचुअल फण्डहरुको फोर्टफोलियोमा बीमा कम्पनीहरुको कुल १ करोड ३६ लाख ९१ हजार ६२० कित्ता सेयर होल्डमा रहेको थियो । गत आवको तुलनामा यस वर्ष बीमा कम्पनीको सेयर म्युचुअल फण्डहरुले २१.८५ प्रतिशतले घटाएका छन् ।  

फण्डहरुले जीवन बीमा कम्पनीको सेयर १७.३५ प्रतिशतले र निर्जीवन बीमा कम्पनीको सेयर २६.५० प्रतिशतले फोर्टफोलियोबाट घटाएका छन् । गत आवको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीको कुल ६९ लाख ६१ हजार २२९ कित्ता सेयर होल्डमा थियो भने निर्जीवन बीमा कम्पनीको कुल ६७ लाख ३० हजार ३९१ कित्ता सेयर होल्डमा थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेप्सेमा जीवन र निर्जीवन गरी कुल २७ वटा बीमा कम्पनी सूचीकृत छन् । तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म म्युचुअल फण्डहरुको जीवन बीमा कम्पनीतर्फको १४.४५ प्रतिशत सेयर होल्डिङमा देखिएको छ, भने निर्जीवन बीमा कम्पनीको १४।३३ सेयर प्रतिशत होल्डिङ देखिएको छ ।  

गत आवको सोही अवधिसम्म भने जीवन बीमा कम्पनीको १२.५१ प्रतिशत सेयर होल्डिङमा रहेको थियो भने निर्जीवन बीमा कम्पनीको १५.१० प्रतिशत सेयर होल्डिङमा रहेको थियो ।  

गत आवको तुलनामा बीमा कम्पनीहरको सूचीकृत कम्पनीको संख्या थपिएपनि म्युचुअल फण्डहरुले भने बीमा कम्पनीको सेयर कित्ता संख्या नै घटाएका छन् ।  

फण्डहरुको सूचीकृत कम्पनीको सेयरमा अर्बौ रकम लगानी रहेको हुन्छ । उच्च रिटर्न दिने र जोखिम कम हुने खालका कम्पनीमा फण्डहरुको बढी लगानी देखिन्छ । सूचीकृत कम्पनीहरुमा बैंक वित्तीय संस्थापछि फण्डहरुले बढी इन्स्योरेन्स कम्पनीको सेयरमा लगानी गरेको देखिन्छ । जोखिम कम र प्रतिफल प्राप्त गर्ने हिसाबले बीमा कम्पनीको सेयरमा लगानी उत्कृष्ट मानिएपनि पछिल्लो समय म्युचुअल फण्डहरुले इन्स्योरेन्समा गरेको लगानी घटाउँदै गएको देखिएको छ ।  

पछिल्लो समय चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीहरुले बोनस सेयर भन्दा नगद लाभांशमा बढी जोड दिइरहेका छन् । साथै पूँजी पुगिसकेका केही बीमकहरुले लाभांश नै नबाँड्ने जस्ता निर्णय गर्दा म्युचुअल फण्डहरुले यस्ता कम्पनीमा गरेको लगानीको कित्ता संख्या घटाएको देखिन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

तुलनात्मक हेर्दा फण्डहरुले जीवन भन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयरमा गरेको लगानी अझै बढी घटाएका छन् । पछिल्लो त्रैमासको रिर्पोट हेर्दा निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित देखिएका छन् ।  

गत वर्षको असोज महिनामा आएको अबिरल वर्षाका कारण बाढीपहिरोको क्षति र गत चैत १५ मा भएको राजावादीहरुको आन्दोलनले पुर्याएको धनजनको क्षतिले निर्जीवन बीमा कम्पनीहरुमा ठूलो रकम बीमा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरुको क्षतिको मूल्यांकन गरी दाबी भुक्तानी समेत दिइरहेका कारण दोस्रो र तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमकको नाफा प्रभावित देखिएको छ ।  

चौथो त्रैमाससम्म पुग्दा अझैपनि निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित बन्न सक्ने देखिन्छ । यस हिसाबले बीमा कम्पनीबाट भनेजस्तो रिटर्न नपाउने देखिएपछि म्युचुअल फण्डहरुले लगानीको आकार घटाएको बुझ्न सकिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.