Bizshala
  • मंगलवार, असार २३,२०८३ 06:46:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कसँगको सम्बन्ध समाप्त भयो, अब सुधार्न चाहन्न : ट्रम्प

Laxmi Sunrise Bank Limited
एलन मस्कसँगको सम्बन्ध समाप्त भयो, अब सुधार्न चाहन्न : ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो र एलन मस्कको सम्बन्ध समाप्त भएको बताएका छन् । शनिबार एनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको घनिष्ठ सम्बन्ध सकियो कि भन्ने प्रश्नको जवाफ दिदै यस्तो बताएका हुन् ।  

यस्तै उनलाई यो सम्बन्धलाई ठीक गर्न चाहन्छन् कि चाहदैनन् भन्ने प्रश्नको उत्तरमा उनले आफूले त्यस्तो नचाहेको बताए । ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको भिडन्तपछि आएको हो । एलन मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेर आलोचना गरेसँगै ट्रम्प र मस्कबीचको द्वन्द्व सुरु भएको थियो ।  

अधिकांश रिपब्लिकन नेताहरू अझै पनि ट्रम्पको समर्थनमा छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मस्कले अत्यधिक प्रतिक्रियाू दिएको र सम्भवतः पार्टीमा पुनः प्रवेश नगरिने बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

भ्यान्सले पोडकास्टमा मस्कले ट्रम्पमाथि आक्रमण गर्नु ठूलो गल्ती भएको पनि बताए । मस्कले ट्रम्पको ‘बिग ब्यूटीफुल बिल’ को हप्तौंसम्म आलोचना गर्दै आएका थिए जब कि यो कांग्रेसमा पारित हुने प्रक्रियामा थियो । मस्कले यदि यो विधेयक पारित भयो भने यसले राष्ट्रिय घाटा ट्रिलियन डलरले बढाउने र यसले डीओजीआईको प्रमुखको रूपमा गरेको कामलाई कमजोर बनाउने बताएका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मस्कले आफ्नो सोशल मिडिया प्लेटफर्म एक्समा यसलाई ‘घृणित घोटाला’ को संज्ञा दिएका छन् । यद्यपि उनले प्रत्यक्ष रूपमा ट्रम्पको नाम भने लिएनन् । तर बिहीबार ट्रम्पले पत्रकारहरूलाई मस्कको व्यवहारबाट आफू निराश भएको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.