शनिबार, कार्तिक ७,२०८३ 03:17:46
  • शनिबार, कार्तिक ७,२०८३ 03:17:46
Global IME Bank Limited

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

Bizshala
अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन
New Office

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।  

अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।  

उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए।  

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिए ।  

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.