सोमबार, आश्विन २६,२०८३ 04:59:32
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:59:32
Bizshala
Global IME Bank Limited

एग्रीवस्तु कृषितारा २०८२ सम्पन्न

Bizshala
एग्रीवस्तु कृषितारा २०८२ सम्पन्न
New Office

काठमाण्डौ । कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषितारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन्। लामो समयदेखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाखसहित सम्मान गरिएको हो।

‘कृषक देवो भवः’मूल मन्त्रलाई आत्मसाथ गर्दै दीपकुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रिवस्तु कोल्डस्टोरेज बुद्धभूमी १० चेतरादेइमा भएको भव्य समारोहका बीच केवटसहित अन्य कृषकहरु पनि सम्मानित भए। यसैगरी कृष्ण मोहन केबटले दोस्रो हुँदै नगद ७५ हजार पुरस्कार पाउँदा कृष्णलाल भारती तेस्रो हुँदै नगद ५० हजार प्राप्त गरे।  

यस्तै, उत्कृष्ट महिला कृषकतर्फ दुर्गा अर्यालले अवार्ड पाउँदा विदेशबाट फर्किएर कृषि कर्म गरी रहेका बलबहादुर राना पनि नगदसहित सम्मानित भए।

यस्तै, सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, बैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे।सम्मानित सबैले पहिलोपटक कपिलवस्तुमा आयोजना भएको यो कार्यक्रमले आफूहरु उत्साहित भएको बताउँदै प्राप्त नगद पुरस्कार यही पेशाको बृद्धिका लागि खर्च गर्ने बताए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरु छानिएको एग्रीवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए।

 मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेशओझा, कृषिविद् र्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्णप्रसाद पौडेल सदस्य रहेका थिए्।

संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढङ्गले मूल्याङ्कन गरिएको बताउँदै यस प्रतियोगिताले किसानहरूलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कृषि पेशा गरेर केही हुँदैन भन्ने नकारात्मक सोच समाजमा अझैपनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।कार्यक्रममा कलाकार जितु नेपाल मुन्द्रेको बेजोड प्रस्तुतीका साथै गणेश बन्दना र थारु नाँचले माहोल रमाईलो बनाएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.