आईतवार, फाल्गुन ३,२०८२ 08:08:48
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:08:48
Bizshala
Global IME Bank Limited

गरिब देशका धनी गभर्नरः साढे १५ लाख कित्ता सेयर, ४५ तोला सुन र २७ लाख नगद

गरिब देशका धनी गभर्नरः साढे १५ लाख कित्ता सेयर, ४५ तोला सुन र २७ लाख नगद
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार गर्भनर पौडेलसँग करिब साढे १५ लाख कित्ता सेयर रहेको छ । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप पौडेलले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

गभर्नर पौडेलसँग विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र श्रीमती प्रतिभा शर्माको नामबाट १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेको छ । यो कुल सेयरको मूल्य १४ करोड ५ लाख ६७ हजार रुपैयाँबराबर रहेको छ ।  

उनीसँग सानिमा बैंकको प्रवर्द्धक २ लाख ४४ हजार १७६ कित्ता, सानिमा माई हँईड्रोको ९२ हजार ५७९ कित्ता(साधारण प्रवर्द्धकबाट रुपान्तरित), सानिमा मिडिल तमोरको १ लाख ८८ हजार कित्ता, ग्लोकेको प्रालिको १ लाख ८६ हजार ८३४ कित्ता, संयुक्त उर्जा हाईड्रोपावरको ५ लाख कित्ता, चितवन इनर्जीको २ लाख ५० हजार र ग्लोबेको प्रालि(प्रतिभा शर्माको नाममा)७५ हजार कित्ता रहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै पौडेलले विभिन्न बैंक तथा वित्तीय संस्थाको ६ वटा खातामा करिब २७ लाख रुपैयाँ नगद रहेको छ । जसमध्ये ३ वटा पौडेल आफ्नै र बाँकी ३ वटा वटा श्रीमतीको नाममा खोलिएको छ । तीमध्ये २ वटा डलर खाता रहेका छन् । गभर्नर पौडेलको सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सानिमा बैंक(डलर ) मा खाता रहेको छ ।  

उनकी श्रीमती प्रतिभा शर्माको सानिमा बैंक, प्रभु बैंक र सानिमा बैंक(डलर) खाता छ ।  

यसैगरी श्रीमतीको नाममा ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् । सम्पत्ति विवरणमा श्रीमतीको नाममा ४४ लाख रुपैयाँबराबरको एउटा सुजुकी गाडी र ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एक/एक वटा घर र जग्गा रहेको उल्लेख छ ।  

यी सबै सम्पत्ति स्वआर्जन र पैतृक सम्पत्तिबाट आर्जन गरेको विवतरणमा उल्लेख छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.