मंगलवार, आश्विन २८,२०८२ 07:25:55
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 07:25:55
IME remit
Global IME Bank Limited

नेपालको जीवन बीमामा ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’

Hyundai Nepal
नेपालको जीवन बीमामा ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’
Shivam Cement

काठमाण्डौ । नुवाकोटको एक गाउँमा खेती किसान गरेर बस्दै आएका व्यक्ति हुन् हरि । एक दिन उनको गाउँमा जीवन बीमाको अभिकर्ता पुगे, जीवन बीमा गराउनका लागि ।  

हरिले पहिले पनि जीवन बीमाबारे सुनेका थिए । तर त्यतिखेर बीमा गरेपनि आवश्यक पर्दा दाबी भुक्तानी पाउन निकै गाह्रो हुने कुरा कसैले सुनाएका थिए ।  

बीमा अभिकर्ताले हरि सहितका गाउँका अन्य व्यक्तिहरूलाई पनि जीवन बीमा कम्पनीले समयमै दाबी भुक्तानी दिने गरेको बताउँदै जीवन बीमाका अन्य फाइदा तथा नगर्दा हुने बेफाइदा पनि बेलिविस्तार लगाए ।  

हरिले मन लागि नलागि आफ्नो छोरा रमेशको नाममा जीवन बीमा गराए । समय बित्दै गयो । तर अचानक एकदिन सडक दुर्घटनामा रमेशको मृत्यु हुन पुग्यो । हरिको जीवनमा अन्धकार छायो । अब उनलाई साहरा दिनका लागि छोरा साथमा भएनन् । उनी एक्लिए । दुःखका बीचमा एक दिन हरिले रमेशको नाममा गरिदिएको जीवन बीमा सम्झिए ।  

उनले जीवन बीमा कम्पनीको आफ्नै गाउँमा भएको शाखामा गएर प्रक्रिया बुझे । मृत्यु प्रमाणपत्र, नाता प्रमाणपत्र, बैंक खाता विवरण लगायत दाबी भुक्तानीका लागि आवश्यक कागजात तयार पारे । त्यसको एक सातामै उनले रमेशको बीमा वापतको रकम भुक्तानी पाए ।  

यतिखेर उनले पहिले सुनेको जीवन बीमामा भुक्तानी ढिलाइ हुन्छ भन्ने भाष्य पूरै गलत साबित भयो । त्यसपछि जीवन बीमाप्रति हरिको सोचाइ बदलियो । अहिले उनले गाउँगाउँमा जीवन बीमामा ‘ब्लेम गर्न भन्दा क्लेम गर्न सहज हुन्छ’ भन्ने कुरा बुझाउन थालेका छन् ।  

हरि एक प्रतिनिधि पात्र मात्र हुन् । नेपालको जीवन बीमा कम्पनीहरूले छिटो र छरितो रुपमा दाबी भुक्तानी थालेको केही वर्ष भइसकेको छ ।  अहिले हरिले मात्र होइन बीमा गर्ने प्रायःले दाबी भुक्तानी छिटो र सरल तरिकाले पाइरहेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

विगतमा, बीमा कम्पनीहरूमाथि दाबी प्रक्रियामा ढिलासुस्ती, जटिल कागजी प्रक्रिया र अपारदर्शी व्यवहारको आरोप लाग्ने गरेको थियो  । यस्ता गुनासोले ग्राहकहरूमा निराशा र अविश्वास उत्पन्न गर्ने गरेको थियो  । तर अहिले बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानीलाई छिटो र चुस्त गतिमा लगिरहेका छन्  । यसले नेपालमा ब्लेम गर्न भन्दा क्लेम गर्न सहज हुने अवस्थाको चित्रण गरेको पाइन्छ  ।  

नेपालमा जीवन बीमा प्रणालीले विगत केही वर्षमा उल्लेखनीय सुधारहरू गरेको छ   । बीमा दाबी प्रक्रियामा पारदर्शिता, सरलता र प्रविधिको प्रयोगले गर्दा अब बीमा दाबी गर्नु पहिलेभन्दा धेरै सहज भएको छ । नेपाल बीमा प्राधिकरणले पनि बीमा दाबी प्रक्रियालाई पारदर्शी र सरल बनाउन विभिन्न उपायहरू अवलम्बन गरेको छ  । बीमा दाबी गर्दा आवश्यक पर्ने कागजातहरू स्पष्ट रूपमा निर्दिष्ट गरिएको छ, जसले बीमित व्यक्तिहरूलाई प्रक्रिया बुझ्न र पालन गर्न सजिलो बनाएको छ  ।

नेपालमा बीमा क्षेत्रको विकास भए तापनि धेरै नेपालीहरू बीमाको दाबी प्रक्रियालाई जटिल र असहज मान्छन्  । तर वास्तविकतामा, आजको बीमा कम्पनीहरूले दाबी प्रक्रिया धेरै सरल र ग्राहकमैत्री बनाएका छन्   ।

जीवन बीमाको दाबी प्रक्रिया सामान्यतया निम्न चरणहरूमा पूरा हुन्छः

दाबी दर्ताः बीमितको मृत्यु, अङ्गभङ्ग, वा पोलिसी अवधि पूरा भएमा हकवालाले बीमा कम्पनीमा दाबी दर्ता गर्छन् ।

आवश्यक कागजातहरूः मृत्यु प्रमाणपत्र, बीमालेख, पहिचान पत्र, र अन्य सम्बन्धित कागजात ।

दाबी फारमः अनलाइन वा कम्पनीको शाखा मार्फत बुझाउन सकिन्छ ।

कागजात जाँचः बीमा कम्पनीले कागजातको वैधता र पोलिसी सर्तहरू जाँच गर्छ ।

समयः यो प्रक्रिया सामान्यतया १–२ हप्ता लाग्छ, तर जटिल केसहरूमा लामो समय लाग्न सक्छ ।

दाबी स्वीकृति वा अस्वीकृतिः

कागजात र शर्तहरू ठीक भएमा दाबी स्वीकृत हुन्छ ।

अस्वीकृत भएमा कारण खुलाइन्छ, जस्तैः गलत जानकारी, पोलिसी अवधिमा भुक्तानी नभएको वा अपवाद शर्तहरू लागू भएको ।

भुक्तानीः स्वीकृत दाबीको रकम हकवालाको बैंक खातामा जम्मा हुन्छ । सामान्यतया, स्वीकृतिपछि ७–१५ दिनभित्र भुक्तानी हुन्छ ।

जीवन बीमा दाबीका लागि आवश्यक कागजातहरूः

१ परिपक्वता दाबी

२ दाबी फारम (बीमा कम्पनीले उपलब्ध गराएको)

३ सक्कल बीमालेख

४ परिचय खुल्ने कागजात

मृत्यु दाबीः

१ दाबी फारम

२ बीमितको मृत्यु प्रमाणपत्र

३ दुर्घटनाबाट मृत्यु भएको अवस्थामा सरकारी चिकित्सकद्वारा प्रदान गरिएको शव परीक्षणको प्रतिवेदन

४ इच्छाइएको व्यक्ति भए निजको नभए हकवालाको नाता प्रमाणित प्रमाणपत्र

यी कागजातहरू प्रस्तुत गरेपछि बीमा कम्पनीले दाबी प्रक्रिया अघि बढाउँछ र निर्धारित समयावधिमा दाबी भुक्तानी गर्दछ ।

प्रविधिको प्रयोगः अनलाइन सेवाहरू

पछिल्लो समय नेपालका बीमा कम्पनीहरूले अनलाइन प्रविधिको प्रयोग गर्दै बीमा दाबी भुक्तानीलाई अझ सहज बनाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स लगायतका जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानीमा अनलाइन प्रविधि जोडेका हुन् । नेपाल लाइफले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत बीमितहरूले घरमै बसेर अनलाइनमार्फत दाबी सम्बन्धी जानकारी दिन सक्नेछन्, जसको आधारमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया अघि बढाउनेछ ।

बीमा दाबी प्रक्रियाः समय र पारदर्शिता

बीमा कम्पनीहरूले दाबी प्रक्रिया पारदर्शी बनाउन र समयमै दाबी भुक्तानी गर्न विशेष ध्यान दिएका छन् । बीमित व्यक्तिले आवश्यक कागजातहरू समयमै पेश गरेमा, बीमा कम्पनीले निर्धारित समयावधिमा दाबी भुक्तानी गर्दछ । यसले बीमित व्यक्तिहरूको विश्वास बढाएको छ र बीमा प्रणालीप्रति सकारात्मक धारणा विकास हुँदै गएको छ ।

नेपालमा जीवन बीमा दाबी प्रक्रिया पहिलेभन्दा धेरै सहज, पारदर्शी, र प्रविधिमैत्री भएको छ । बीमा कम्पनीहरूले प्रविधिको प्रयोग गर्दै अनलाइन सेवाहरू प्रदान गरेका छन्, जसले बीमित व्यक्तिहरूलाई दाबी प्रक्रिया सरल बनाएको छ । आवश्यक कागजातहरू स्पष्ट रूपमा निर्दिष्ट गरिएको छ, जसले दाबी प्रक्रिया पारदर्शी बनाएको छ । यसैले, अब ‘ब्लेम गर्नभन्दा क्लेम गर्न सहज छ’ भन्ने भनाइ जीवन बीमामा लागु हुन थालेको छ । जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी र  दाबी दर हेर्ने हो भने पनि छिटो र छरितो दाबी भइरहेको पुष्टी हुन्छ ।    

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.