सोमबार, आश्विन २६,२०८३ 09:43:40
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:43:40
Bizshala
Global IME Bank Limited

ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घट्यो

Bizshala
ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घट्यो
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेका छन् ।  

नेपाल राष्ट्र बैंकले आव आव २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदर ६ प्रतिशतमा झारेको हो ।  

 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, यता निक्षेपदर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसका साथै नीतिगतदर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा कायम गरेको छ ।  

राष्ट्र बैंकले आगामी आवका लागि ब्याजदर करिडोरलाई थप सुदृढ बनाई बैंकदर ६ प्रतिशत, निक्षेपदर २.७५ प्रतिशत र नीतिगतदर ४.५ प्रतिशत बनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको अन्तरबैंक कारोबारमा प्रयोग हुने ब्याजदरको तल्लो सीमा र माथिल्लो सीमालाई ब्याजदर करिडोर भनिन्छ ।

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तरबैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर  हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । स्थायी तरलता सुविधा उपलब्ध हुने दरले माथिल्लो सीमा र निक्षेप सङ्कलन दरले तल्लो सीमाको रूपमा काम  गर्दछ । यी दरहरू मौद्रिक नीतिले आवश्यकता हेरिकन समयसमयमा परिवर्तन गर्दछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.