मंगलवार, श्रावण १९,२०८३ 07:09:02
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:09:02
Bizshala
Global IME Bank Limited

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट
New Office

काठमाण्डौ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ । 

‘अफरको चट्याङ, छुटको बतास !’ भन्ने नारासहित ल्याइएको यो विशेष अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअ‍ेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्रदान गरिनेछ ।

मोबाइलमाण्डुका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटक लगायतका डिजिटल माध्यमबाट गिभअ‍ेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई ह्यासट्याग #MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई mobilemandu.com मा गई छुट, गिभअ‍ेवे, र अन्य अफरहरूको लाभ लिन आग्रह गर्दै मनसुनको यो अवसरलाई बचत र उपहारको मौसमका रूपमा उपयोग गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.