सोमबार, फाल्गुन ४,२०८२ 02:55:51
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:55:51
Bizshala
Global IME Bank Limited

विश्वभरका बीमकहरुले ६ महिनामा व्यहोरे १०० बिलियन डलर घाटा, अमेरिकामा सबैभन्दा बढी

विश्वभरका बीमकहरुले ६ महिनामा व्यहोरे १०० बिलियन डलर घाटा, अमेरिकामा सबैभन्दा बढी
Shivam Cement

काठमाण्डौ । सन् २०२५ को पहिलो ६  महिनामा विश्वभरका बीमकहरुले १०० बिलियन डलरबराबरको क्षति व्यहोरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अर्थात ९२ बिलियन डलर आगलागी र आधितुफानबाट भएको क्षतिका लागि तिरेको एओनले सार्वजनिक गरेको ‘ग्लोबल क्याटास्ट्रोफ रिक्यापः फर्स्ट हाफ २०२५’नामक प्रतिवेदनमा उल्लेख छ ।   

 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो वर्ष विश्वभरका बीमकहरुले व्यहोरेको घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो । सन् २०२४ को पहिलो ६ महिनामा विश्वभरका बीमकहरुले ७१ बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए । बीमकहरुले सन् २०११ को पहिलो ६ महिनामा हालसम्मकै उच्च घाटा व्यहोरेका थिए । त्यसबेला बीमकहरुले १४० बिलियन डलरबराबरको घाटा व्यहोरेका थिए ।  

रिपोर्टका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा बीमकहरुले अमेरिकाको क्यालिफोर्नियामा भएको भिषण आगलागीमा ४० बिलियन डलर घाटा व्यहोरेका थिए । अमेरिकामा घटेका १९ वटा प्रकोपको घटानमा १८ वटामा बीमकहरुले १ बिलियन डलरभन्दा बढी घाटा व्यहोरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.