बिहीबार, बैशाख ३१,२०८३ 04:23:56
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:23:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर

Laxmi Sunrise Bank Limited
इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर
Shivam Cement

काठमाण्डौ । कृत्रिम बौद्धिकता(एआई)का कारण लाखौं मानिसहरुले रोजगारी गुमाउने खतराले विश्व श्रम बजार चिन्तित बनिरहेको छ । यस्तोमा चिन्ता थप्ने अर्को खबर बाहिरिएको छ ।  

अमेरिकामा एआई सफ्टवेयर इन्जिनियर तयार भएको छ । अमेरिकाको एआई ल्याब कग्निसनले ‘डेभिन एआई’नामक नयाँ सफट्वेयर इन्जिनियर विकास गरेको हो । कम्पनीले यो विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर भएको दाबी गरेको छ ।  

डेभिन एआईले इन्जिनियरिङको प्रयोगयात्मक अन्तवार्ता समेत उत्तिण गरेको यसका निर्माताले बताएका छन् । यो सफ्टवेयर इन्जिनियरको अन्तवार्ता एआई क्षेत्रका अग्रेणी कम्पनीहरुले लिएका थिए ।  

यसका साथै यो एआई सफ्टवेयर इन्जिनियरले अमेरिकाको फ्रिल्यान्चिङ प्लेटफर्म,‘अपवर्क’मा पोस्ट भएको वास्तविक काम पुरा गरेको कग्निसनले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

‘डेभिन एउटा नथाक्ने,समूहमा काम गर्न सक्ने,सिपले भरिपूर्ण र एक्लै पनि काम गर्न सक्ने सफ्टवेयर इन्जिनियर हो । डेभिनसँग काम गरेर इन्जिनियरहरु चाखलाग्दो र गम्भिर समस्यामा केन्द्रित हुन सक्छन् । यसका साथै उनीहरुले महत्वाकांक्षी लक्ष्यहरु राख्न सक्छन् ।’ कम्पनीले डेभिनको आधिकारीक ब्लगमा लेखेको छ ।  

के गर्न सक्छ त डेभिनले ?

डेभिनमा कोडिङ,डिबगीङ,समस्या समाधान, जस्ता सफ्टवेयर विकासका अद्भुत क्षमता रहेको छ । डेभिनले निरन्तर रुपमा सिक्नका लागि मेसिन लर्निङ अल्गोरिदमको प्रयोग गर्ने गर्छ र आफ्नो प्रदर्शनमा सुधार ल्याउनुका साथै नयाँ चुनौतिअनुसार आफुलाई समायोजित गर्न सक्छ ।  

यस्तै डेभिनले हजारौ निर्णयहरु आवश्यक पर्ने इन्जिनियरिङको कठिन कार्यहरु योजना,कार्यान्वयन र पुरा गर्न सक्छ । यस क्रममा डेभनले पुराना कुराबाट सिक्ने र गल्तीहरु सच्चाउन समेत सक्छ ।  

निर्माताहरुले यसलाई प्रयोगकर्तासँग सक्रिय रुपमा अन्र्तक्रिया गर्न सक्ने गरी विकास गरेका छन् । यसले प्रयोगकर्तालाई वास्तविक समयमा प्रगति विवरण दिनुका साथै सुझावहरु समेत ग्रहण गर्न सक्छ । यसका साथै यसले आवश्यक डिजाइन च्वाइसअनुसार प्रयोगकर्तासँगै काम गर्न समेत सक्छ ।  

परीक्षणका क्रममा डेभिनले बिना कसैको सहायता १३.८६ प्रतिशत समस्या आफै समाधान गरेको थियो ।  

यसले कस्ता चुनौति र अवसर निम्त्याउन सक्छ ?

कम्पनीले यसका फाइदा र क्षमताहरुका बारेमा बताएपनि केहि विज्ञहरुले एआई सफ्टवेयर इन्जिनियरले जटिल आवश्यकता वा मावन अन्र्तज्ञान वा रचनात्मकता आवश्यक पर्ने कामका लागि भने संघर्ष गर्न सक्ने बताएका छन् । केहिले डेभिन जस्ता एआई  टुलले रोजगारी गुम्ने खतरा निम्तिएको बताएका छन् भने । अर्काथरीले भने डेभिनले अन्य हजारौं सफ्टवेयर इन्जिनियरहरुसँग मिलेर मानव सहजता र एआईको सहकार्यले नयाँ एभिन्यूलाई जन्म दिने विश्वास लिएका छन् ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.