काठमाण्डौ । ई-सेवा मनि ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनःआफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता जनाएको छ।
स्वस्तिमा खड्का ई-सेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध रही आएकी छन्।उनले नेपाल भित्रका विभिन्न स्थानहरूदेखि विदेशसम्म यात्रा गर्दै सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको महत्वबारे निरन्तर जनचेतना फैलाउँदै आएकी छन्।
पुनःनियुक्तिप्रति आफ्नो खुशी व्यक्त गर्दै स्वस्तिमा खड्काले भनिन्, “मैले ई सेवा मनि ट्रान्सफरसँग सुरुवाती दिनदेखि नै सहकार्य गर्दै आएकी छु। यस यात्राले मलाई नेपालका धेरै स्थान र विदेशसम्म पुग्ने अवसर दिएको छ।त्यहाँ मैले नेपालीहरूको पीडा र खुसी दुवैलाई नजिकबाट महसुस गर्न पाएँ। यो यात्रालाई निरन्तरता दिन पाउनु मेरो लागि निकै उत्साहजनक कुरा हो।”
ई-सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अजेश कोईरालाले स्वस्तिमा खड्कालाई पुनःब्राण्ड फेसको रूपमा स्वागत गर्दै भने,“स्वस्तिमा खड्कासँग पुनःसहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। उहाँ सुरुदेखिनै ‘मेरो डिजिटल देश’अभियानको अभिन्न हिस्सा रहनु भएको छ।”


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।