बिहीबार, भाद्र ४,२०८३ 05:32:50
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 05:32:50
Bizshala
Global IME Bank Limited

जीवन बीमकहरुले एक महिनामै संकलन गरे रु.१९.६५ अर्ब प्रिमियम, नेपाल र नेशनल लाइफको सर्वाधिक

जीवन बीमकहरुले एक महिनामै संकलन गरे रु.१९.६५ अर्ब प्रिमियम, नेपाल र नेशनल लाइफको सर्वाधिक
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १९ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिनामै १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

यो व्यवसाय अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ६ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

Bizshala
CG Motors

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन यो सबै जीवन बीमकको कुल बीमाशुल्क आर्जनको ३१।५० प्रतिशत रकम हो ।  

साथै नेशनल लाइफले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ प्रिमियम संकलन गरेर दोस्रो स्थान कायम गर्न सफल भएको छ ।  

यता एलआइसी नेपालको २ अर्ब ३ करोड ९९ लाख, हिमालयन लाइफले २ अर्ब २ क रोड ८१ लाख, सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख, एशियन लाइफले ९४ करोड ५८ लाख, सिटिजन लाइफले ८५ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख, मेट लाइफले ५३ करोड १७ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.