आईतवार, आश्विन २५,२०८३ 10:56:40
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:56:40
Bizshala
Global IME Bank Limited

भाटभटेनीको चुच्चेपाटीमा फेला परेका ६ शव कर्मचारीको होइन, चोरी गर्न पुगेकाको हुनसक्छ !

Bizshala
भाटभटेनीको चुच्चेपाटीमा फेला परेका ६ शव कर्मचारीको होइन, चोरी गर्न पुगेकाको हुनसक्छ !
New Office

काठमाण्डा । भाटभटेनी सुपरमार्केटको चावहिल चुच्चेपाटीस्थित आगजनीले ध्वस्त आउटलेटमा ६ जनाको शव फेला परेको छ ।  

भाटभटेनीको सो आउटलेटबाट आज बिहानसम्म पनि धूँवा आइरहेको छ । यसको अर्थ अझै पनि त्यहाँको आगजनी पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन ।  

आगजनी राजी रहेको स्टोरको भित्री भागबाटै ६ जनाको शव फेला परेपछि त्यसको सनाखतका लागि प्रहरीले अनुसन्धान थालेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

ती ६ शव कसका थिए ? के भाटभटेनीका सोही स्टोरमा कार्यरत कर्मचारीहरु थिए ? वा को थिए ?

भाटभटेनी सुपरमार्केटका प्रतिनिधि पानु पौडेलका अनुसार चुच्चेपाटीको सो स्टोरमा कार्यरत कुनै पनि कर्मचारी हराएका छैनन् । सबै सकुशल छन् ।  

यसको अर्थ हो, सो स्टोरको आगजनीमा परेर मृत्यु हुनेहरु भाटभटेनीका कर्मचारी थिएनन् ।  

यसको अर्को सम्भावना हो, सो स्टोरमा तोडफोड र लुटपाट हुन थालेपछि त्यसमै सहभागी भई सामान चोरी गर्न गएकाहरु तलबाट अचानक लगाइएको आगोमा फसेर मृत्यु भएका हुनसक्छन् ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

 घटनाको प्रकृति हेर्दा र प्रारम्भिक आशंकाका आधारमा धरानको भाटभटेनीमा जस्तै चुच्चेपाटीको भाटभटेनीमा पनि त्यहाँ लुटपाट र चोरीको उद्देश्यले पुगेको समूहकै ६ जनाको मृत्यु भएको अनुमान गर्न सकिन्छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.