बिहीबार, भाद्र ४,२०८३ 04:38:45
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 04:38:45
Bizshala
Global IME Bank Limited

दाबी भुक्तानी यथाशीघ्र अघि बढाउने बीमा कम्पनीहरुको प्रतिबद्धता

दाबी भुक्तानी यथाशीघ्र अघि बढाउने बीमा कम्पनीहरुको प्रतिबद्धता
New Office

काठमाण्डौ । जेन–जी समूहको प्रदर्शनका कारण कैंयौं निजी सम्पत्तिमाथि अतिक्रमण भई अर्बौै रकम बराबरको क्षति हुन पुगेको छ । काठमाण्डौ लगायत बाहिरका भाटभटेनी, हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल विजनेश पार्क र हुण्डाई, सुजुकी र टाटा मोटर्स लगायत थुप्रै गाडी कम्पनीका सोरुमहरुमा समेत आगलागी भएको छ । यसबाहेक निजी घर र कर्पोरेट सेक्टरका थुप्रै बिल्डिङहरुमा पनि क्षति पुगेको छ ।  

 नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थितिबाट क्षति भएको जनधनको लेखाजोखा गरी यथाशीघ्र दाबी भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले प्राधिकरण समक्ष उजुरी गर्न आग्रह समेत गरेको छ ।  

Bizshala
CG Motors

निजी क्षेत्रमा जेन–जी समूहको विरोध प्रदर्शनबाट ठूलो क्षति पुगेका कारण बीमा कम्पनीहरुमा ठूलै रकमको दाबी पर्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार भाटभटेनी, हिल्टन होटल, सेन्ट्रल विजनेश पार्क, एनसेल सेन्टर र सिजी डिजिटल पार्कको ठूलो बीमा गरिएको छ, जसअनुसार बीमा कम्पनीहरुमा ठूलो रकमको दाबी पर्ने देखिएको छ ।  

प्राधिकरणको निर्देशनबमोजिम बीमा कम्पनीहरुले पनि दाबी भुक्तानीलाई सहज बनाउने र दाबी प्रक्रिया तीव्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्् । निर्जीवन बीमा कम्पनीहरुले क्षतिको मूल्यांकन गरी सहज ढंगले दाबी प्रक्रिया अघि बढाउने र पारदर्शी ढंगले दाबी भुक्तानी दिइने सूचनाहरु प्रकाशित गर्न थालेका छन् ।  

हालसम्म केही निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी सहजका लागि कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनि गरिसकेका छन् । युनाइटेड अजोड इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले बीमितहरुको क्षतिपूर्तिको लागि यथाशक्य प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.