आईतवार, असार २८,२०८३ 05:16:18
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:16:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजीनामा दिएका सांसदलाई रातो पासपोर्ट र परिचयपत्र तुरुन्त बुझाउन रास्वपाको उर्दी

Laxmi Sunrise Bank Limited
राजीनामा दिएका सांसदलाई रातो पासपोर्ट र परिचयपत्र तुरुन्त बुझाउन रास्वपाको उर्दी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन विशेष निर्देशन दिएको छ। 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, आन्दोलनपछि राजीनामा दिएका सांसदहरूले जतिसक्दो चाँडो ती कागजात फिर्ता गर्नुपर्ने भनिएको हो।

New Office
CG Motors
Garima Development Bank

‘जेनजी’को नेतृत्वमा सुशासन र प्रणालीगत परिवर्तनका लागि भएको आन्दोलनले ७५ जनाको ज्यान लिएको संवेदनशील क्षणमा रास्वपाले आफूलाई राष्ट्रिय शोकमा रहेको ठहर गरेको छ। यही सन्दर्भमा पार्टीले सबै संरचनालाई चाडपर्वसम्बन्धी कुनै कार्यक्रम आयोजना गर्दा पार्टीको नाम, ब्यानर वा झण्डा प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रास्वपाले वक्तव्यमार्फत भनेको छ, “यो हाम्रो लागि उत्सव होइन, शोकको समय हो। परिवर्तनको आन्दोलनमा प्राण गुमाएका सहयोद्धाहरूलाई सम्झेर हामी सबै तह–तप्कामा श्रद्धाञ्जली अर्पण गर्नुपर्छ।”

यसरी, रास्वपाले आफ्नो राजनीतिक आचरणलाई नै शोक, श्रद्धाञ्जली र उत्तरदायित्वको भावनासँग जोड्दै देशभरका कार्यकर्तालाई संयमता अपनाउन आह्वान गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.