सोमबार, फाल्गुन ४,२०८२ 12:54:35
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:54:35
Bizshala
Global IME Bank Limited

१५ सय अमेरिकी डलरभन्दा बढी नगद राखे जेल जानुपर्ने !

१५ सय अमेरिकी डलरभन्दा बढी नगद राखे जेल जानुपर्ने !
Shivam Cement

काठमाण्डौ । अर्थ मन्त्रालयले अबदेखि १५ सय अमेरिकी डलर वा त्यस बराबरको विदेशी मुद्रा भन्दा बढी नगदमा राख्न प्रतिबन्ध लगाएको छ। बुधबार राति मन्त्रालयले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मन्त्रालयका अनुसार विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध माध्यमबाट प्राप्त विदेशी मुद्रा बढीमा १५ सय डलरसम्म मात्र नगद रूपमा राख्न सकिनेछ। त्यसभन्दा बढी रकम भने बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्ने नियम तोकिएको छ।

त्यस्तै, विदेशबाट नेपाल प्रवेश गर्दा नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरभन्दा बढी रकम लिएर आउने भए अनिवार्य भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। तर ५ हजार डलरसम्म भने घोषणा नगरी ल्याउन पाइने मन्त्रालयले स्पष्ट पारेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अर्थ मन्त्रालयले स्रोत खुलेको रकम नगदमै व्यक्तिगत रूपमा राख्न वा प्रयोग गर्न कुनै प्रतिबन्ध नभएको तर स्रोत नखुलेको रकम भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धानको दायरामा पर्ने चेतावनीसमेत दिएको छ।

वित्तीय अनुशासन र अनुत्पादक खर्च नियन्त्रण गर्न अर्थमन्त्री रामेश्वर खनालको कार्यकालमा नियमहरू कडाइ गरिएको मन्त्रालयले जनाएको छ। यसै क्रममा, मन्त्रिपरिषद्ले असोज ५ गते गरेको निर्णयअनुसार, सेवामुक्त पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसार मात्र सेवा–सुविधा उपलब्ध गराउन पत्राचार गरिएको पनि मन्त्रालयको भनाइ छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.