शुक्रबार, बैशाख ४,२०८३ 10:13:12
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:13:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ किलो सुन र ५ करोड बढी लुटपाटमा संलग्न दुई पक्राउ

Bizshala
बानेश्वरमा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १८ किलो सुन र ५ करोड बढी लुटपाटमा संलग्न दुई पक्राउ
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनको उग्र रूपले राजधानीलाई हल्लाएको दिन-भदौ २४ गते। संसद भवन नजिकै तोडफोड र आगलागी चलिरहेका बेला, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा ठूला हतियारधारी प्रदर्शनकारीको निशानामा परेको थियो। अहिले त्यही चर्चित लुटपाट प्रकरणका दुई संलग्न व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरीका अनुसार, पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेका छन्। उनीहरूलाई विशेष सूचनाका आधारमा काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हो। यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन समेत बरामद गरिएको प्रहरी प्रवक्ताले पुष्टि गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालका अनुसार, त्यो दिन बैंकको शाखामा भएको क्षति “अभूतपूर्व” थियो। उनका शब्दमा, “आन्दोलनकारी समूहले बैंकको मुख्य फलामे ढोका फोडेर भित्र छिरे, सिधै भल्टसम्म पुगेर कर्जा धितोको रूपमा राखिएको सुन र नगद लुटे।”

प्रारम्भिक विवरणअनुसार, १८ किलोभन्दा बढी सुन र पाँच करोड रुपैयाँभन्दा बढी नगद गायब भएको छ। हालको बजार मूल्यअनुसार यो साढे ३३ करोड रुपैयाँभन्दा बढीको लुटपाट हो।

संसद वरिपरि उग्र रात

भदौ २४ को रात राजधानीका मुख्य सडकहरूमा तोडफोड र आगजनी भइरहेका थिए। संसद भवन वरिपरि जेनजी प्रदर्शन नियन्त्रणबाहिर जाँदा केही समूहले वाणिज्य बैंकको शाखालाई पनि निशाना बनाएको थियो।

सीसीटीभी फुटेजमा राति करिब ८ बजेतिर युवाहरूको समूहले ढोका फोड्दै प्रवेश गरेको र त्यसपछि भल्ट फोड्ने प्रयासको दृश्यहरू स्पष्ट देखिन्छन्।

राति करिब १० बजेपछि सेना परिचालन भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको थियो। सेनाले तत्कालै घटनास्थल वरिपरि रहेका ५ जनालाई नियन्त्रणमा लिएको थियो।

CG Motors
Garima Development Bank
IME remit

व्यापक क्षति : ६८ शाखा र ६९ एटीएममा आक्रमण

जेनजी आन्दोलनका क्रममा देशभरका ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण र ६९ वटा एटीएमहरूमा क्षति पुगेको प्रहरी मुख्यालयले जनाएको छ।

नयाँ बानेश्वरको यो घटना त्यस दिनको सबैभन्दा ठूलो र योजनाबद्ध लुटपाट मानिएको छ।

सुरक्षा निकायका अनुसार, पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले अझै लुटिएको सुन र नगदको ठूलो भागको खोजी जारी राखेको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.