आईतवार, फाल्गुन ३,२०८२ 08:46:12
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:46:12
Bizshala
Global IME Bank Limited

अधिकांश निर्जीवन बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो नजिक, अझै घट्ने संकेत

अधिकांश निर्जीवन बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो नजिक, अझै घट्ने संकेत
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजार घट्दै जाँदा सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ ह्वात्तै घटेको छ । नेप्से परिसूचक २५ सय विन्दुबाट तल खसेपछि अधिकांश निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ ५२ हप्ताकै न्यून विन्दुमा पुगेको छ ।    

बीमा कम्पनीहरुको सेयरभाउ बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन सँगै बढ्दो दायित्वका कारण झनै घटेको छ ।  

तर ५२ हप्ताकै लो प्राइस नजिक पुगेका सबै बीमा कम्पनीको सेयरभाउ हकप्रद र बोनस सेयरको मूल्य समायोजनले घटेका भने होइनन् । घट्दो सेयरबजारमा प्रायः सबै सूचीकृत कम्पनीहरुको सेयरभाउ घटेका छन् । त्यसमध्ये पनि निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ धेरै घटेको देखिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

निर्जीवन बीमा कम्पनीहरुलाई एकपछि एक गर्दै बीमा दाबीको दायित्व थपिँदै जाँदा लगानीकर्ताहरुले अब लाभांश नपाउने आँकलन गरिरहेका छन् । जेनजीहरुको आन्दोलन र बाढीपहिरोको वितण्डाले बीमा कम्पनीहरुलाई ठूलो दायित्व ब्योहोर्नुपर्ने अवस्था छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनका कारण असोज २८ गतेसम्मको तथ्याङ्कबमोजिम बीमा कम्पनीहरुले अझै २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको दाबी भुक्तानी तिर्न बाँकी रहेको छ भने गत असोज १८ गते अविरल वर्षाका कारण तथा बाढी पहिरोले भएको क्षतिबाट ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ ।  

यसरी एकपछि एक गर्दै ठूलो रकम दाबी परेपछि सेयरबजारमा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ झनै घटेको छ । ठूलो दायित्व तिर्न पर्ने भएपछि नाफा घट्ने र कम्पनीहरुको लाभांश क्षमता समेत घट्ने देखिएकाले सेयरबजारमा निर्जीवन बीमा कम्पनीहरुको सेयरभाउ झनै घट्दै गइरहेको एक लगानीकर्ताले बताए ।  

विशेषगरी अहिले बजारमा लगानीकर्ताहरु बढी ‘लो क्याप’ वा ‘अल्ट्रा लो क्याप’ कम्पनीमा आकर्षित देखिएकाले पनि बीमा कम्पनीहरु छायाँमा परेका छन् । सूचीकृत अन्य कम्पनीको तुलनामा बीमा कम्पनीहरुको पूँजी मध्यम वर्गमा देखिन्छ । यसरी लगानीकर्ताहरु लो क्यापतर्फ मात्रै आकर्षित हुँदा पनि बीमा कम्पनीहरुको सेयरभाउ अझै घट्न सक्ने संकेत देखिन्छ ।  

साथै दीर्घकालिन लगानी गर्ने लगानीकर्ताहरुले अब केही वर्ष बीमा कम्पनीहरुले लाभांश बाँड्न नसक्ने अवस्था आउन सक्ने अनुमान समेत लगाइरहेका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.