आईतवार, फाल्गुन ३,२०८२ 10:12:09
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:12:09
Bizshala
Global IME Bank Limited

अर्जुन चौलागाई र एनआरएन विषम पाण्डेको सहकार्यमा गणपति सिमेन्ट पुनर्जीवनको बाटोमा

अर्जुन चौलागाई र एनआरएन विषम पाण्डेको सहकार्यमा गणपति सिमेन्ट पुनर्जीवनको बाटोमा
Shivam Cement

काठमाण्डौ । कपिलवस्तुको शिवराज–६ स्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा. लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईको नेतृत्वमा बनेको नयाँ लगानीकर्ता समूहले लामो समयदेखि सीमित मात्रामा सञ्चालनमा रहेको उद्योगलाई पुनर्जीवित गर्ने लक्ष्य लिएको छ। चौलागाईसँगै अमेरिकामा १५ वर्षदेखि निर्माण तथा अन्य व्यवसायमा संलग्न एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा र लगानीसहित सहकार्य सुरु गरेका छन्।

अध्यक्ष चौलागाईका अनुसार कम्पनीले निकट भविष्यमा “विनायक” र “गणपति” नामका नयाँ सिमेन्ट ब्रान्ड बजारमा ल्याउँदै देशका प्रमुख सहरहरूमा बिक्री–वितरण सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।

उनी भन्छन्, “नेपालमा निर्माण र पूर्वाधार विकासका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौं। नयाँ लगानीकर्ता समूहको आगमनपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी र निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्नेछ।”

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उद्योग पुनः सञ्चालनमा आएपछि कपिलवस्तु र आसपासका क्षेत्रमा रोजगारीका अवसर बढ्ने, स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने र स्वदेशी ब्रान्डको उपस्थितिलाई सुदृढ गर्ने कम्पनीको अपेक्षा छ।

साथै, गणपति सिमेन्ट इन्डस्ट्रीजले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजना पनि सार्वजनिक गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.