आईतवार, आश्विन २५,२०८३ 09:41:36
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 09:41:36
Bizshala
Global IME Bank Limited

जावलाखेलमा जारी गोदावरी पुष्प मेलाको तेस्रो दिनसम्म ७१ लाख बढीको कारोबार

Bizshala
जावलाखेलमा जारी गोदावरी पुष्प मेलाको तेस्रो दिनसम्म ७१ लाख बढीको कारोबार
New Office

काठमाण्डौ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो दिनसम्म २३ हजार ३ सय जनाले अवलोकन गरेका छन् । तीन दिनसम्मको जम्मा ७१ लाख भन्दा बढि कारोबार भएको जनाइएको छ ।

असोज २९ गते देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार २ सय जना, दोस्रो दिन ७ हजार ५ सय र आज तेस्रो दिन ८ हजार ६ सय जना गरी आजसम्म २३ हजार तीन सयले अवलोकन गर्नुको साथै, तीन दिनको कारोबार ७१ लाख भन्दा बढि भएको एसोसिएसनले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पाँच दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकले अनुमान गरेको छ । नजिकै आइरहेको तिहार तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

गोदावरी फूलको एक मात्र बृहत प्रदर्शनी रहेको यस मेलमा व्यवसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर,रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.