सोमबार, फाल्गुन ४,२०८२ 12:54:00
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:54:00
Bizshala
Global IME Bank Limited

नयाँ बानेश्वर बैंक लुट प्रकरण : लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा

नयाँ बानेश्वर बैंक लुट प्रकरण : लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा
Shivam Cement

काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रहरीले दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा उनले लुटेको रकमबाट रातो रङको बुलेट मोटरसाइकल किनेको स्वीकार गरेका छन्। श्रेष्ठका अनुसार उनले बैंकबाट करिब २ लाख ५० हजार रुपैयाँ लिएर त्यसमा १ लाख ७२ हजार थप गरी कुल ४ लाख २२ हजारमा मोटरसाइकल खरिद गरेका हुन्।

श्रेष्ठले बैंकबाट नगद रकमसँगै ३ थान सुनका बाला, १ थान बेरुवा औंठी र गणेशको लकेट भएको सिक्रि समेत लिएर हिँडेका थिए। उनले प्रहरी समक्ष सो सबै वस्तु आफैंले लिएको बयान दिएका छन्।

यस प्रकरणमा श्रेष्ठसँगै एक नाबालकलाई समेत प्रतिवादी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

स्मरण रहोस्, नयाँ बानेश्वरस्थित सो शाखाबाट करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो। सो मध्ये १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद रहेको बताइएको छ।

प्रहरीका अनुसार श्रेष्ठबाट केही मात्रामा सुन बरामद गरिएको भए पनि बाँकी सुन र नगद रकम कहाँ गए भन्नेबारे अझै खुल्न बाँकी छ।

-समाचारमा प्रयोग गरिएको तस्विर एआईले तयार गरेको हो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.