आईतवार, असार २८,२०८३ 05:19:29
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:19:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री

Laxmi Sunrise Bank Limited
पहिला केपी ओली पनि कानुनभन्दा माथि हुने चलन थियो, अब त्यस्तो हुँदैन: गृहमन्त्री

काठमाण्डौ । सोमबार काठमाडौंमा विपिन जोशीको श्रद्धाञ्जली सभातर्फ जाँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कोही पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारे।

New Office
CG Motors
Garima Development Bank

ओलीलाई विदेश जानबाट रोक्ने विषयमा उठेको प्रश्नमा मन्त्री अर्यालले भने, “यो सरकारको निर्णय होइन, न्यायिक जाँचबुझ आयोगको कदम हो। आयोगसँग प्रश्न गर्नुपर्छ, सरकारसँग होइन।” उनले थप प्रष्ट पार्दै आयोगले स्वतन्त्र रूपमा काम गरिरहेको र सरकारले त्यसमा हस्तक्षेप नगरेको बताए।

पूर्वप्रधानमन्त्री ओलीले आफूलाई समातेर देखाउन दिएको चुनौतीबारे सञ्चारकर्मीले सोध्दा गृहमन्त्री अर्यालले कडा जवाफ दिए। उनले भने, “उहाँले ‘म कानुन मान्दिनँ’ भन्नुभएको हो। तर, अब पहिलेजस्तो हुँदैन। सबैले कानुनको दायरामा आउनुपर्छ।” उनले विगतमा केही व्यक्तिहरू कानुनभन्दा माथि रहेको अवस्था अब नरहने दाबी गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री अर्यालले कानुनी शासनको महत्त्वमाथि जोड दिँदै कुनै पनि व्यक्ति, चाहे जतिसुकै शक्तिशाली होस्, कानुनको कठघरामा उभिनुपर्ने बताए। उनको यो भनाइले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.