बिहीबार, श्रावण १४,२०८३ 01:20:50
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:20:50
Bizshala
Global IME Bank Limited

सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न राष्ट्र बैंकको आग्रह
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक जेनचेतनामूलक सन्देश जारी गर्दै क्रेडिट कार्ड प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो ।  

क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो । यसको प्रयोग गरी वस्तु तथा सेवाबापतको रकम भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्न समेत सकिन्छ ।

सही रूपमा प्रयोग गर्न सकेमा यो सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो । तर, लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझसमेत निम्त्याउन सक्छ । क्रेडिट कार्डको बिल तोकिएको समयभित्र तिर्दा ब्याज र अतिरिक्त शुल्क लाग्दैन । तर, तोकिएको समयभित्र नतिरेमा उच्च दरमा ब्याज र हर्जाना लाग्न सक्छ । क्रेडिट कार्डको प्रयोग गर्नुअघि निम्न कुरा जान्न आवश्यक छ ः

१. क्रेडिट सीमा,

२. शुल्क तथा ब्याजदर,

३. बिल तयार हुने मिति र भुक्तानी गर्नुपर्ने समयसीमा,

४. समयमा भुक्तानी नगरेमा लाग्ने अतिरिक्त शुल्क र ब्याज ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.