मंगलवार, श्रावण १९,२०८३ 02:17:58
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:17:58
Bizshala
Global IME Bank Limited

रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन सार्वजनिक, यस्ता छन् सुविधा

रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन सार्वजनिक, यस्ता छन् सुविधा
New Office

काठमाण्डौ । रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । 

मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ ।यदी प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सक्ने छन् । 

अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इंकका सीईओ अपार थेबेले जानकारी दिए । 

‘निःशुल्क भर्सनले नपुग्ने ग्राहकले प्रिमियम लिन सक्नुहुन्छ । यसको मूल्य पनि हामीले एकदमै सस्तो राखेका छौं,’ उनले भने, ‘अब रिमोट डेस्कटप सफ्टवेयरका लागि विदेशमा पैसा भुक्तानी गर्नुपर्ने छैन् । हामीले नेपालमै विश्वस्तरीय सुरक्षित प्रडक्ट बनाएका छौं ।’

मल्टिपल डेस्कको निःशुल्क भर्सनमा सिंगल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, AES-256 इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् । तर तपाईलाई यी सुविधाले पुग्दैन् भने प्रिमियम भर्सन लिन सक्नुहुन्छ ।

प्रिमियम भर्सन पनि बिजनेस र कर्पोरेट गरी २ वटा छन् । साना तथा मध्यम व्यवसायका लागि ‘बिजनेस भर्सन’ र ठूला ठूला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ छ । 

बिजनेस भर्सनको शुल्क मासिक ६५० रूपैयाँ छ । यसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् । 

यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रूपैयाँ तोकिएको छ । निःशुल्क र बिजनेस भर्सनका सुविधा बाहेक अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा छन् । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.