आईतवार, फाल्गुन २४,२०८२ 05:04:26
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 05:04:26
Bizshala
Global IME Bank Limited

नेपालले पायो सार्वभौम क्रेडिट रेटिङ ‘BB-’, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि

Hyundai Nepal
नेपालले पायो सार्वभौम क्रेडिट रेटिङ ‘BB-’, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि
Shivam Cement

काठमाण्डौ । नेपालले सन् २०२५ का लागि Fitch Ratings बाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ “BB-”प्राप्त गर्न सफल भएको  छ । गत वर्षको  मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्‍त गरेको थियो ।  

पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै  समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

चुनाव केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ ।  

साथै, नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ ।

मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण ९क्यखभचभष्नल द्ययलमक० जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्याउने अर्थ मन्त्रालयले जनाएको छ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस अवसरमा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, वैदेशिक लगानीकर्ताहरू, निजी क्षेत्र तथा आम नागरिकहरूले नेपाल सरकारप्रति देखाएको निरन्तर विश्वास र सहयोगका लागि अर्थ मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक(आर्थिक रुपान्तरणका साझा लक्ष्यहरूप्रति नेपाल सरकार दृढतापूर्वक प्रतिवद्ध रहेको जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.