काठमाण्डौ । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरुमा टुजी÷फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हुम्ला जिल्लाको सर्केगड–३ र सर्केगड–६मा टुजी तथा फोरजी सेवा सञ्चालनमा आएको छ । टुजी÷फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिकाका वडा नं. २, ३,४ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी÷फोरजी सेवाबाट लाभान्वित भएका छन् ।
सेवाविस्तार भएका स्थानहरुमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरु पर्दछन ।
यसैगरी टेलिकमले हुम्ला जिल्लाको अदानचुली–६ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टुजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नं. २ र अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने गाउँबस्ति आसपासको क्षेत्रहरुमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरुमा पान चौर, कालिकालगायतका क्षेत्रहरु पर्दछन ।
साथै दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्लालगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयल काँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँलगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन् ।
यसैगरी नेपाल टेलिकमले जाजरकोट जिल्लाको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टुजी तथा फोरजी सेवा ल्याएको छ । टुजी तथा फोरजी सेवा सञ्चालनमा आएपश्चात् जुनीचांदे गाउँपालिकाकाविभिन्न वडाहरु वडा नं. ७,८,९,१० र ११ अन्तर्गत पर्ने गाउँबस्तिआसपासको क्षेत्रहरुमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय टुजी÷तथा फोरजी सेवाबाट लाभान्वित भएका छन् ।
साथै डोल्पाजिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाकाविभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमानिर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगैसञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधादर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् ।
साथै, सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिकब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारीलगायतकाक्षेत्रपनिसञ्चारको पहुँचमा जोडिएका छन् ।
टेलिकमको टुजी तथा फोरजी सेवाविस्तार भएसँगै यस प्रदेशका दर्जनौं बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । नेपाल टेलिकमले दुर्गम तथाअति विकट क्षेत्रका सेवाग्राहीहरुको सुविधाका लागि सेवा सञ्चालन ल्याएसँगै सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा सेवाबाट लाभान्वित भएका छन । यससंगै थप दुई स्थानियतहमा फोरजी सेवाविस्तार भई जम्मा ७५३ मध्ये ७४९ स्थानियतहमा फोरजी सेवा पुगेको छ ।
दुर्गम तथाअति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँचविस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवाविस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवाविस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको जनाएको छ ।

