काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ८ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५२ र बिक्रीदर १४५.१७ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.४४ र बिक्रीदर १६९.२० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५० रुपैयाँ र बिक्रीदर ८७.८९ रुपैयाँ रहेको छ ।
प्रति कतारी रियालको खरिददर ३६.३८ र बिक्रीदर ३६.५४ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३६ र बिक्रीदर ३५.५२ रहेको छ ।