सोमबार, फाल्गुन ४,२०८२ 07:50:58
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 07:50:58
Bizshala
Global IME Bank Limited

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल सरकारले बाढीबाट ग्रस्त श्रीलंका सरकारलाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि उक्त रकमबराबरको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘ऐक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले उद्धार तथा पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलरको सहयोग गर्ने निर्णय गरेको छ । यस विपत्तिबाट उठ्न श्रीलंकाली जनतामा रहेको दृढता र सहनशीलताप्रति नेपाल सरकार र नेपाली जनता पूर्ण विश्वास व्यक्त गर्छ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै बाढीले पुर्‍याएको क्षतिप्रति नेपाल सरकारले दुःख समेत व्यक्त गरेको छ।

श्रीलंकामा विगत एक सातादेखि निरन्तरको वर्षाका बाढीले ठूलो जनधनको क्षति भएको छ । जसमा कम्तिमा १९३ जनाको मृत्यु भएको छ। यस्तै, २०० भन्दा बढी व्यक्ति बेपत्ता छन्, र २० हजार भन्दा बढी घरहरू ध्वस्त भएका छन् भने १ लाख ८ हजार मानिसहरूलाई राज्यद्वारा सञ्चालित अस्थायी आश्रयहरूमा पठाइएको छ ।

अधिकारीहरूले देशको करिब एक तिहाइ भागमा बिजुलीको अभाव भएको र खानेपानीको समस्या देखिएको बताएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.