शुक्रबार, बैशाख ४,२०८३ 06:19:39
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 06:19:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभू बैंकको कर्जा दुरुपयोगमा मिडिया सञ्चालकको भूमिका शंकास्पद, पक्राउ पर्नसक्ने

Bizshala
प्रभू बैंकको कर्जा दुरुपयोगमा मिडिया सञ्चालकको भूमिका शंकास्पद, पक्राउ पर्नसक्ने
Shivam Cement

काठमाण्डौ । प्रभू बैंकका सीईओ, डिसीईओ र सीसीओ पक्राउ प्रकरणसँगै सो बैंकभित्रका अन्य सम्वेदनशील कर्जाका फाइल तथा घोटालाहरुको समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छानबिन थालेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ब्यूरोस्थित उच्च स्रोतकाअनुसार सो क्रममा अनामनगर र हनुमान थानमा केही वर्षअघि प्रभू बैंकले लिलामी गर्नुपर्ने कर्जा धितोबापतको करोडौंको सम्पत्ति गैरकानूनी ढंगले आफ्नो कब्जामा लिएर अनुचित लाभ लिएको विषयमा केही मिडिया सञ्चालकहरुको समेत संलग्नता देखिएको छ ।  

प्रभू बैंकका सीईओ अशोक शेरचनसँग ती मिडिया उद्यमीहरुले व्यक्तिगत सम्बन्ध बनाएर समस्यामा परेका राम्रा धितोहरुको व्यापार गरेका र कतिपय धितोबापत राखिएको सम्पत्ति कब्जा गर्न ती मिडिया सञ्चालकहरुले ढाकछोपको भूमिका खेलेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीको दाबी छ ।  

सो प्रकरणलाई समेत निकै नजिकबाट नियाल्ने काम भइरहेको र ती दुई मिडिया सञ्चालकहरु समेत प्रभू बैंकको पक्राउ प्रकरणमा जोडिनसक्ने र जुनसुकै बेला पक्राउ पर्नसक्ने स्रोतको भनाई छ । 

CG Motors
Garima Development Bank
IME remit

मिडियाको प्रभावमा प्रभू बैंकका विभिन्न कालखण्डका कर्जा दुरुपयोगका प्रकरण दबाएबापत ती मिडिया सञ्चालकहरुको योजनामा घरजग्गा कारोबार तथा व्यापारको निकै ठूलो सिण्डिकेट नै खडा गरिएको सूचना आएको अनुसन्धान अधिकारीहरुले दाबी गरेका छन् ।  

बैंकको लोन दुरुपयोग तथा अनुचित लाभ र गैरकानूनी ढंगले सम्पत्ति कब्जा लगायतमा केन्द्रीत रही प्रमाणहरु संकलन हुने काम भइरहेको र निकट भविष्यमै ती मिडिया उद्यमी पक्राउ परेमा आश्चर्य मान्न नपर्ने स्रोत दाबी गर्छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.