मंगलवार, बैशाख ८,२०८३ 02:29:49
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:29:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेफ ड्राईभ ईन्डिया र दादा ड्राईभिङबीच सडक सुरक्षाबारे कार्यक्रम सञ्चालन गर्ने सम्झौता

Bizshala
सेफ ड्राईभ ईन्डिया र दादा ड्राईभिङबीच सडक सुरक्षाबारे कार्यक्रम सञ्चालन गर्ने सम्झौता
Shivam Cement

काठमाण्डौ । भारत लगायत दक्षिण एशियामा सडक सुरक्षा एवं जनचेतना फैलाउँदै आएको संस्था सेफ ड्राईभ इन्डिया र नेपालमा विगत केही वर्षदेखी सडक सुरक्षा तथा चेतनामुलक कार्यमा जोडिदै आएको कम्पनी दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलबीच नेपालमा यसै विषयको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सेफ ड्राईभ इन्डियाका संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलका निर्देशक मिना दहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका हन् ।

विश्वमा दैनिक सरदर ३५०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । नेपालमा पनी यो तथ्यांक कहाली लाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २२६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक नियमको ज्ञानमा कमी हुँनु र ज्ञान भएकाले पनी यसको ईमानदारितापुर्वक पालना न गर्नाले ठुला दुर्घटना हँुने गरेको बताउँछन सायामिन ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रत्येक विषयमा सरकारको ध्यान जान र सरकारले मात्रै गर्नु पर्छ भत्रे सम्भव न रहेकाले हाम्रो जस्तो संस्थाले यस क्षेत्रमा  थोरैमात्र भएपनी कार्य गर्ने र आउँदा दिनहरुमा विभित्र सरोकारवाला हरुसङ्ग मिलेर नेपालमा सडक सुरक्षा तथा जन चेतनाको कार्यक्रम संचालन गर्ने बताउँछिन दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलकी निर्देशक मिना दाहाल न्यौपाने । 

दुर्घटना न्यूनिकरण गर्न र एक जनाको मात्रैपनी ज्यान जोगाउँन सके हाम्रो कार्यक्रम सफल हुँने उनी बताउँछिन । यस प्रकारका  कार्यहरुले समाजमा अवश्यपनी सकारात्मक असरपर्ने दुुबै संस्थाका का प्रतिनिधीहरुले विश्वास जनाएका छन् ।

सोही अवसरमा सेफ ड्राइभ इन्डियाले दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलको टोलीलाई डिफेन्सिभ ड्राईभिङ्ग को तालिम तथा प्रमाणपत्र समेत प्रदान गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.