आईतवार, फाल्गुन ३,२०८२ 06:29:22
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:29:22
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुमा पौने ३७ अर्ब रुपैयाँको बीमालेख व्यतित, सरेण्डरदर भने घट्दै

जीवन बीमा कम्पनीहरुमा पौने ३७ अर्ब रुपैयाँको बीमालेख व्यतित, सरेण्डरदर भने घट्दै
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसी संख्या र रकम थपिदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ४ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा नविकरण नभएका बीमा पोलिसी संख्या १२ लाख १७ हजार ७०२ पुगेका छन् ।

जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ०.९७ प्रतिशत बढी हो । गत आवको चार महिनासम्ममा नविकरण नभएका पोलिसी संखया १२ लाख ५ हजार ९६२ रहेको थियो ।

प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा कुल ३६ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी नविकरण भएका छैनन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४.६९ प्रतिशत बढी हो । गत आवको कात्तिक मसान्तसम्म यस्तो रकम ३५ अर्ब १३ करोड २ लाख रुपैयाँ थियो ।

बीमा कम्पनीहरुमा पोलिसी समयमै नविकरण नहुदा पोलिसी नै ल्याप्स हुने र बीमाको सुरक्षा वा कभरेज नहुने जस्ता समस्या देखिन्छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो समय बीमितहरुमा बीमा चेतनाको कमी हुनु र आर्थिक अवस्था राम्रो नहुनुले बीमा कम्पनीहरुमा पोलिसी रिन्यु नगर्ने परम्परा बढ्दै गएको छ । साथै केही हदसम्म बीमा अभिकर्ताहरुले कमिसनको प्रलोभलमा बीमितको आर्थिक अवस्था नबुझि ठूलो रकमको पोलिसी भिडाउने प्रवृत्तिले गर्दा पनि पोलिसी नविकरण नभएको देखिन्छ ।

साथै अभिकर्ताहरुले गराएको बीमाको पोलिसी बीमितहरुलाई अनुकूल नदेखिनु, बढी प्रिमियम र कम कभरेजको महसुस वा अन्य कम्पनी÷योजनामा आकर्षण देखिदा पनि पोलिसी नविकरण नहुने समस्या देखिदै गएको बीमा कम्पनीका सीइओहरु बताउँछन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बीमा कम्पनीहरुमा नविकरण नभएको पोलिसी संख्या र रकम बढ्दै गएपनि सरेण्डर गर्नेको संख्या र रकम भने घट्दै गएको छ । प्राधिकरणका अनुसार सो अवधिसम्म कुल २९ हजार ४५९ वटा पोलिसी सरेण्डर भएका छन्, जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १८.१४ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुमा ३५ हजार ९८५ वटा पोलिसी सरेण्डर भएका थिए ।

यता पोलिसी सरेण्डर रकम पनि गत आवको तुलनामा ६.२७ प्रतिशतले घटेको छ । कात्तिक मसान्तसम्म कुल ४ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको छ । गत आवको कात्तिक मसान्तसम्म भने ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएका थिए ।

सरेण्डरदर घटेपनि बीमा कम्पनीहरुमा नविकरण नभएको पोलिसी संख्या र रकम भने बढ्दै गएको छ । यसले बीमा कम्पनीहरुको व्यवसायमा प्रभाव पार्ने देखिन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.