मंगलवार, असार ३०,२०८३ 06:26:27
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 06:26:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हेरचाहकर्ताको सुविधा दिलाईपाँउ भनि धर्ना बसेका दिपक भण्डारीको अवस्थाप्रति राष्ट्रिय अपांग महासंघको गम्भिर ध्यानाकर्षण

Laxmi Sunrise Bank Limited
हेरचाहकर्ताको सुविधा दिलाईपाँउ भनि धर्ना बसेका दिपक भण्डारीको अवस्थाप्रति राष्ट्रिय अपांग महासंघको गम्भिर ध्यानाकर्षण

काठमाण्डौ । स्पाइनल कर्ड इन्जुरी भई पूर्ण रुपमा अशक्त अपांगता भएका दिपक भण्डारीले अपांग व्यक्तिले पाउनु्पर्ने अधिकार पाउनुपर्ने माग राख्दै रत्तपार्कमा धनाए बसिरहेको अवस्थाप्रति गम्भिर ध्यानाकर्षण भएको राष्ट्रिय अपांग महासंघ र अन्य अपांग संघहरुले जनाएका छन् ।  

महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दे स्पाइनल बर्ड इन्ज्युरीबाट पूर्ण अशक्त अपांगता भएका तनहुँ जिल्लाको म्यादे गाउँपालिका वडा न ७ बस्ने दिपक भण्डारीले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावलीमा व्यवस्था भए अनुसार स्थानिय सरकारबाट पाउनुपर्ने सहयोगी तथा हेरचाहकर्ताको सुविधा आफू बसेको पालिकाबाट दाबी गर्दा पनि नपाएको र उक्त सेवा सुविधा दिलाईपाउँ भनि चैत ६ गतेदेखि रत्नपार्क बाहिर फुटपाथमा धर्ना बसिरहेको अवस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

विज्ञप्तीमा कानून र नियमले  सुनिश्चित गरेको सेवा सुविधा उपयोग गर्न पनि अपांगता भएका व्यक्तिले सडकमा धर्ना बस्नुपर्ने अवस्था आउनुले राज्यको अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा अझै सकारात्मक हुन नसकेको आभाष भएको र यसले अपांगता भएका व्यक्तिहरुला्रई मर्माहत बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

‘नेपाल पक्षराष्ट्र रहेको अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीको धारा १९ मा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिलाई अन्य सरह समुदायबाट एक्ल्याउने वा अलग्याउने कार्य हुनबाट रोक्न आवश्यक पर्ने व्यक्तिगत सहयोगी लगायत विभिन्न स्तरका घर भित्रका,आवासिय र अन्य आवश्यक सेवाहरु पहँच सुनिश्चित गर्नुपर्ने भनिएको छ । यसैगरी धारा २० मा अपांगता भएका व्यक्तिका लागि निजले रोजेको समय र ठाउँमा व्यक्तिगत गमनशिलतालाई सहज बनाउन आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विज्ञप्तीमा दिपक भण्डारीको माग यथासक्दो पुरा गर्न र उनले पाउनुपर्ने सम्पूर्ण अधिकार प्रदान गर्न उल्लेख गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.