शुक्रबार, बैशाख ४,२०८३ 03:47:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:47:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो आक्रमणप्रति FIEUNको कडा आपत्ति, सुरक्षा सुनिश्चित नगरे आन्दोलनमा उत्रिने चेतावनी

Bizshala
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो आक्रमणप्रति FIEUNको कडा आपत्ति, सुरक्षा सुनिश्चित नगरे आन्दोलनमा उत्रिने चेतावनी
Shivam Cement

काठमाण्डौ । बैंक, बीमा, लघुवित्त तथा पूँजी बजारलगायत वित्तीय क्षेत्रका कर्मचारीमाथि पछिल्लो समय भइरहेको अभद्र व्यवहार र भौतिक आक्रमणप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) राष्ट्रिय समितिले गम्भीर आपत्ति जनाएको छ। २१ हजारभन्दा बढी कर्मचारीलाई संगठित गर्दै ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठानस्तरीय ट्रेड युनियनको नेतृत्व गर्दै आएको संघले यस्तो अराजक गतिविधिले सम्पूर्ण वित्तीय क्षेत्र नै असुरक्षित बन्दै गएको जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संघले जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा नियामक निकायको नीति–निर्देशनको पालना गर्दै लामो समयदेखि लाखौँ सेवाग्राहीलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएका संस्थामाथि केही समूहले भ्रामक प्रचार फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गरिरहेको आरोप लगाइएको छ। त्यसकै असरस्वरूप बैंक तथा लघुवित्तका शाखा कार्यालयमा तोडफोड, क्षति पुर्‍याउने र कर्मचारीमाथि आक्रमणका घटना बढ्दै गएको संघको ठहर छ।

विज्ञप्तिमा विशेषगरी ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि कार्य जिम्मेवारीकै क्रममा कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र कुटपिट गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। अत्यावश्यक सेवामा सूचीकृत बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू यस्ता घटनाका कारण त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको संघको भनाइ छ।

CG Motors
Garima Development Bank
IME remit

FIEUNले बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरू र त्यहाँ कार्यरत कर्मचारीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकार र सरोकारवाला निकायसँग पुनः जोडदार माग गरेको छ। साथै, आक्रमण गर्ने समूह तथा व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग पनि अघि सारेको छ।

संघले चेतावनी दिँदै भनेको छ-'यदि यस्ता अराजक र गैरकानुनी गतिविधि नियन्त्रणमा नलिइए पुनः यस्ता घटना दोहोरिएमा वित्तीय संस्थाका कर्मचारीहरू कार्यालयको काम छाडेर दबाबमूलक आन्दोलनसहित सडकमा उत्रिन बाध्य हुनेछन्। त्यसैले समयमै शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण बनाउन सरकार र नियामक निकायले तत्काल कदम चाल्नुपर्ने संघको जोडदार माग छ।'

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.