शुक्रबार, बैशाख ४,२०८३ 05:34:28
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:34:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फ्लोरिडामा जेलेन्स्की–ट्रम्प भेटवार्ता, शान्ति योजनामा ठूलो प्रगति भएको दाबी

Bizshala
फ्लोरिडामा जेलेन्स्की–ट्रम्प भेटवार्ता, शान्ति योजनामा ठूलो प्रगति भएको दाबी
Shivam Cement

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फ्लोरिडामा भएको भेटवार्तालाई दुवै नेताले सकारात्मक र फलदायी भएको बताएका छन्।

भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले प्रस्तावित २० बुँदे शान्ति योजनामध्ये करिब ९० प्रतिशत विषयमा सहमति भइसकेको जानकारी दिए। त्यसैगरी, राष्ट्रपति ट्रम्पले युक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टीसम्बन्धी विषय लगभग ९५ प्रतिशतसम्म टुंगिएको दाबी गरेका छन्।

तर ट्रम्पका अनुसार अझै पनि एक–दुई संवेदनशील विषयमा छलफल बाँकी छ। विशेषगरी भू–भागसम्बन्धी प्रश्न सबैभन्दा जटिल बनेको उनले बताए। साथै, डोनबास क्षेत्रमा फ्री–ट्रेड जोन स्थापना गर्ने प्रस्तावमा हालसम्म सहमति हुन नसकेको पनि उनले स्पष्ट पारे।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संयुक्त पत्रकार सम्मेलनका क्रममा युक्रेनको पुनर्निर्माणमा रुसको भूमिका रहने कि नहुने भन्ने प्रश्न उठाइएको थियो। त्यसको जवाफमा ट्रम्पले रुसले युक्रेनको पुनर्निर्माणमा सहयोग गर्न सक्ने बताएका छन्। उनका अनुसार रुस युक्रेन सफल भएको हेर्न चाहन्छ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनप्रति अपेक्षाकृत उदार देखिएको उल्लेख गर्दै सस्तो मूल्यमा ऊर्जा, विद्युत् तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने प्रस्तावसमेत आएको जानकारी दिए।

CG Motors
Garima Development Bank
IME remit

युद्धविरामबारे बोल्दै ट्रम्पले पुटिन लडाइँ रोक्दै फेरि पुनः सुरु गर्ने अवस्थाबाट जोगिन चाहेको कारण तत्काल सहमत नभएको बताए। ‘म त्यो सोचाइ बुझ्न सक्छु,’ ट्रम्पको भनाइ थियो।

युद्ध अन्त्यको समयसीमाबारे सोधिएको प्रश्नमा ट्रम्पले केही हप्ताभित्र समाधान हुन सक्ने सम्भावना रहेको बताए। यद्यपि उनले यो प्रक्रिया अपेक्षितभन्दा ढिलो पनि हुन सक्ने स्वीकार गर्दै आगामी हप्तामा परिस्थिति कुन दिशामा जान्छ भन्ने स्पष्ट हुने बताए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.