शनिबार, असार २७,२०८३ 07:51:59
Bizshala
  • शनिबार, असार २७,२०८३ 07:51:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल

Laxmi Sunrise Bank Limited
उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच चुनावी सहकार्य तथा एकताको प्रयास पूर्ण रूपमा असफल भएको छ। आइतबार राति भएको निर्णायक वार्ता अपमानजनक शक्ति बाँडफाँटको प्रस्तावका कारण टुंगोमा पुग्न नसकेको स्रोतहरूले बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

वार्तामा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उनेपाका संरक्षक कुलमान घिसिङ सहभागी थिए। उनेपाका एक नेताका अनुसार रास्वपाले कुलमानलाई '२० प्रतिशतभन्दा पनि कम' हिस्सा दिने प्रस्ताव राखेको थियो, जसलाई घिसिङले स्पष्ट अस्वीकार गरे। “यो त हामीमाथि अपमान नै थियो,” ती नेताले भने।

सोमबार बिहान पुनः छलफल गर्ने सहमति भए पनि रवि र बालेन पक्षबाट कुनै पहल नभएपछि उनेपाले छुट्टै बाटो रोजेको छ। उनेपाका नेता जीतराम वाइबाले भने, “अब हामी छुट्टै अगाडि बढ्छौँ। समानुपातिक उम्मेदवारको सूची छुट्टै पेस गर्दैछौँ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बालेन निकट एक नेताका अनुसार वार्तामा मेयर शाह र महानगरका साथीहरूले कुलमानलाई समेट्न हदैसम्म लचकता देखाएका थिए। तर रास्वपा पक्षबाट त्यस्तो इच्छाशक्ति नदेखिएपछि सहमति टरेको हो। “बालेनजस्तै दृढता रास्वपाबाट देखिएको भए कुलमानलाई मिलाउन गाह्रो थिएन,” ती नेताले बताए।

यो असफलतासँगै दुवै पार्टी अब छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.