आईतवार, फाल्गुन २४,२०८२ 03:16:37
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 03:16:37
Bizshala
Global IME Bank Limited

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै

Hyundai Nepal
महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज (पुस १६ गते) ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता(जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको विकास र समृद्धिको लागि साझा धारणा तय हुन सकोस भन्ने उद्देश्य सहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

‘राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव हुँदैन,’ अध्यक्ष ढकालले भने, ‘यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए ।

महासंघले आयोजना गर्न लागेको उक्त कार्यक्रमले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.