आईतवार, फाल्गुन ३,२०८२ 04:16:30
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:16:30
Bizshala
Global IME Bank Limited

ई–सेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

ई–सेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता
Shivam Cement

काठमाण्डौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुनः अनुबन्ध गरेको छ।

विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका  ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। यही पुस १८ गते ललितपुरको पुल्चोकस्थित   ई–सेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा एक विशेष कार्यक्रमबीच कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीबीच पुनःब्रान्ड प्रवर्द्धक  सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौता अनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स पठाउनका लागि सचेतना फैलाउन सक्रिय भुमिका खेल्नेछन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा  ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका एक प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताउँदै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका दिपेन्द्र जस्तो प्रतिभाशाली र अनुशासित व्यक्तित्वलाई ब्रान्डसँग पुनः जोड्न पाउँदा कम्पनि गौरवान्वित भएको र उनको संलग्नताले डिजिटल रेमिट्यान्सको प्रवर्द्धनमा थप ऊर्जा थप्ने  कम्पनि विश्वास गरेको कुरा समेत बताए ।  

ई–सेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत  ई–सेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र देशभर रहेका आफ्ना भुक्तानी केन्द्रमार्फत उत्कृष्ट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.