मंगलवार, असार ९,२०८३ 12:16:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:16:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाको कुनै पनि आक्रमण ‘अन्तिम गल्ती’ हुनेछ, इरानले नीति परिवर्तन गर्‍यो, अब तेहरानले पहिलो आक्रमणसमेत गर्न सक्छ !

Laxmi Sunrise Bank Limited
अमेरिकाको कुनै पनि आक्रमण ‘अन्तिम गल्ती’ हुनेछ, इरानले नीति परिवर्तन गर्‍यो, अब तेहरानले पहिलो आक्रमणसमेत गर्न सक्छ !

काठमाण्डौ । इरानले आफ्नो रक्षा नीतिमा ठूलो परिवर्तन गरेको छ । 

अब इरानले अमेरिका र इजरायलको कुनै पनि आक्रमणको प्रतिक्षा नगरी पहिले नै पूर्व-निवारक आक्रमण (प्रीएम्प्टिव स्ट्राइक) गर्न सक्ने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले जारी गरेको बयानमा अमेरिका र इजरायलले इरानलाई कमजोर बनाउने र देशको आधारभूत संरचनालाई क्षति पुर्‍याउने उद्देश्यले सोचेर रणनीति अपनाइरहेको आरोप लगाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

परिषदले भनेको छ, “अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय कानुनको खुल्लमखुल्ला उल्लंघन गर्दै धम्कीपूर्ण बयानबाजी र हस्तक्षेपकारी टिप्पणीहरूलाई तीव्र बनाएका छन् ।” यसअघि इरानले ‘स्ट्र्याटेजिक धैर्य’ (Strategic Patience) को नीति अपनाउँदै आएको थियो, तर अब त्यसलाई त्यागेर यदि शत्रुले इरानलाई हानि पुर्‍याउने मनशाय राखेमा पहिले नै निर्णायक कारबाही गर्ने नीति अपनाइएको छ ।

यो घोषणाको पृष्ठभूमि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बयान हो । ट्रम्पले इरानमा चलिरहेका प्रदर्शनहरूको सन्दर्भमा भनेका थिए कि यदि तेहरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि हिंसा रोकेन भने अमेरिका उनीहरूको सहयोगमा आउनेछ र अमेरिका ‘लक्ड एन्ड लोडेड’ (तयार अवस्थामा) छ । इरानले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेर कडा जवाफ दिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इरानी अधिकारीहरूका अनुसार यदि अमेरिका वा इजरायलले प्रदर्शनको फाइदा उठाएर इरानको सुरक्षालाई खतरा पुर्‍याए भने इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर पूर्व-आक्रमण गर्नेछ । तेहरान टाइम्सको रिपोर्टमा उल्लेख छ कि कुनै पनि नयाँ अवैध आक्रमणलाई इरानले शत्रुको ‘अन्तिम गल्ती’ बनाउनेछ र यसपटक सीमित जवाफ नदिएर पूर्ण शक्तिशाली तथा निर्णायक उपाय अपनाइनेछ ।

इरानसँग बैलिस्टिक मिसाइल, ड्रोन, हाइपरसोनिक तथा सुपरसोनिक क्रुज मिसाइलहरूको शक्तिशाली भण्डार रहेको दाबी गरिएको छ । विशेष गरी फतह-१ मिसाइलले १४०० किलोमिटर दूरीसम्म म्याक १३-१५ को गतिमा लक्ष्य भेद्न सक्ने क्षमता राख्छ । विशेषज्ञहरूका अनुसार यो नीति परिवर्तन गत वर्षको छोटो युद्धपछि आएको महत्वपूर्ण कदम हो ।

विश्लेषकहरूका अनुसार यो घोषणाले मध्यपूर्वमा तनावलाई अझ बढाउन सक्छ र अमेरिका-इरानबीच प्रत्यक्ष द्वन्द्वको जोखिम बढेको छ । इरानले आफ्नो सेनालाई पूर्ण स्ट्यान्डबाईमा राखेको छ भने विश्व समुदाय यस विकासलाई नजिकबाट हेरिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.